काठमाडौ– शहरी विकास मन्त्रालयले संसद्को आउँदो हिउँदे अधिवेशन नयाँ संसद् भवनबाट सञ्चालन गर्नेगरी काम भइरहेको बताएको छ । मंगलबार शहरी विकास मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा शहरी विकास मन्त्रालयले जानकारी गराएको हो ।
आज मन्त्रालयमा पत्रकार सम्मेलन गरी प्रवक्ता नारायण मैनालीले आर्थिक वर्ष ०८१,८२मा शहरी विकास मन्त्रालयबाट भएका प्रमुख कामबारे जानकारी गराए ।
‘आउने हिउँदे अधिवेशन अनिवार्य नयाँ संसद् भवनबाट सञ्चालन गर्ने भन्ने निर्देशन प्राप्त भएको छ । त्यसका लागि निर्माण व्यवसायीलाई सोहीअनुसार कार्यतालिका तर्जुमा गरेर म्याद थपमा लगेका थियौँ र अहिले सोही अनुसार काम भइरहेको छ । त्यसको क्लोज मोनिटरिङ भइरहेको छ,’ शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मचाकाजी महर्जनले भने ।
प्रगति विवरणको पूर्ण पाठ
प्रतिक्रिया