अर्थसंक्षेप : १७ खर्ब २३ अर्ब बढी भित्रियो रेमिट्यान्स, विदेशी मुद्राको सञ्चिति पौने २७ खर्ब, विदेश पढ्ने नाममा बाहिरियो एक खर्ब ३८ अर्ब र १८ अंकले घट्यो नेप्से  « Khabarhub

अर्थसंक्षेप : १७ खर्ब २३ अर्ब बढी भित्रियो रेमिट्यान्स, विदेशी मुद्राको सञ्चिति पौने २७ खर्ब, विदेश पढ्ने नाममा बाहिरियो एक खर्ब ३८ अर्ब र १८ अंकले घट्यो नेप्से 


८ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

नेपाल–अमेरिका व्यापार तथा लगानी सम्बन्धी छलफल सम्पन्न

नेपाल र अमेरिकाबीचको व्यापार र लगानी सम्बन्धी हालको अवस्था र भविष्यको कार्यदिशा विषयक छलफल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, सिंहदरबारमा सम्पन्न भएको छ ।

मन्त्री दामोदर भण्डारीको अध्यक्षतामा भएको अन्तर निकाय समन्वय समितिको बैठकमा विभिन्न मन्त्रालयका प्रतिनिधि, निजी क्षेत्रको छाता संगठन र वस्तुगत संगठनका अध्यक्ष एवं पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

‘नाडा अटो शो’को एक लाख ६० हजार जनाले गरे अवलोकन

बैंकिङ प्रणालीमा लगानीयोग्य रकम अत्यधिक, आइतबार ५० अर्ब खिच्दै राष्ट्र बैंक 

प्रयोगशाला देखेर तर्सिन थाले पूर्वका किसान, जे जाँच्यो – त्यसैमा विषादी !

विषादीरहित वा तोकिएको मापदण्डभन्दा कम विषादीमात्र प्रयोग भएका हरिया सागसब्जी, फलफूल र तरकारी किनमेल गराउने उद्देश्यले सात महिनाअघि धरानमा ‘केन्द्रीय कृषि प्रयोगशाला विषादी अवषेश द्रूत विश्लेषण प्रयोगशाला इकाइ’ स्थापना भयो ।

तरकारी र फलफूलमा विषादी अवषेश मापन गर्ने यो प्रयोगशाला देख्दा यतिखेर पूर्वी पहाड र तराईका कृषक/व्यवसायी तर्सिन थालेका छन् ।

धरानको कृषिउपज बजार राष्ट्रियस्तरमा आठपटक लगातार उत्कृष्ट घोषित र पुरस्कृत भइसकेको छ । विषादी मापनकै कारण किसान र व्यापारीहरू तर्सिँदै तर्किन थालेपछि अब कृषिबजार सञ्चालन गर्नै समस्या पर्ने देखिएको छ ।

नेप्से १८ अंकले घट्यो, कारोबार कति ? 

सहरमा भन्दा गाउँमा बढ्यो महँगी

एक महिनामा १ अर्ब ४० करोड बढीको शेयर धितो कर्जा जारी 

राज्यले थन्क्याएका सवारीसाधन पाँच सचिवले हेर्ने, विवरण पीएएमएसमा राखिने

गत एक वर्षमा १७ खर्ब २३ अर्ब बढी भित्रियो रेमिट्यान्स, विदेशी मुद्राको सञ्चिति पौने २७ खर्ब

गत आर्थिक वर्ष (आव) ०८१/८२ मा नेपालमा १७ खर्ब २३ अर्ब २७ करोड रेमिट्यान्स आप्रवाह भएको छ । अघिल्लो आव ०८०/८१ को तुलनामा १९.२ प्रतिशतले रेमिट्यान्स आप्रवाहमा वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

रेमिट्यान्सको आप्रवाहमा भएको वृद्धिसँगै गत आवमा नेपालमा विदेशी मुद्राको सञ्चिति पनि वृद्धि भएको छ । अघिल्लो आवको असार मसान्तसम्मको विदेशी मुद्रा सञ्चितिको तुलनामा गत आवमा ३१.२ प्रतिशतले वृद्धि भएर २६ खर्ब ७७ अर्ब ६८ करोड पुगेको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको हो ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकोमा २०८२ असार मसान्तमा ३०.६ प्रतिशतले वृद्धि भई २४ खर्ब १४ अर्ब ६४ करोड पुगेको छ ।

गत वर्ष विदेश पढ्ने नाममा बाहिरियो एक खर्ब ३८ अर्ब

यस्ता छन् १० देशमा बढी निर्यात हुने सूची, कुन देशमा कति ? 

एक महिनामा भारतबाट मात्र ८३ अर्बको आयात, बढी आयात हुने १० देश कुन-कुन ? 

प्रकाशित मिति : ८ भाद्र २०८२, आइतबार  ७ : ०२ बजे

विश्वकपमा जर्मनीको गोल वर्षा, कुरासाओ ७–१ ले पराजित

ह्युस्टन – चार पटकको विश्व च्याम्पियन जर्मनीले फिफा विश्वकप २०२६

टेम्पो भिरमा खसालिएको घटनामा १२ जना वन कर्मचारी प्रहरी नियन्त्रणमा

धनगढी – कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर