बसको ठक्करबाट ७१ वर्षीया वृद्धाको मृत्यु « Khabarhub

बसको ठक्करबाट ७१ वर्षीया वृद्धाको मृत्यु


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

भादगाउँ– बसको ठक्करबाट मंगलबार पैदलयात्री ७१ वर्षीया वृद्धा सुवर्णकेशरी श्रेष्ठको मृत्यु भएको छ । 

बनेपाबाट काठमाडौँ जाँदै गरेको मयूर यातायातको बा.५ख. ४७८२ नं.को बसले अरनिको राजमार्गको सूर्यविनायक नगरपालिका–८, इटबु चोकमा सडक पार गरिरहेको बेला ७१ वर्षीया श्रेष्ठलाई ठक्कर दिँदा उपचारका क्रममा मृत्यु भएको हो ।

भक्तपुर नगरपालिका–४, मगलाछें घर भई हाल भक्तपुर आदर्श बस्ने श्रेष्ठ बसको ठक्करले गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि भक्तपुर अस्पताल लगिएकोमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी भक्तपुरका सूचना अधिकारी ढुण्डिराज न्यौपानेले बताए। 

ठक्कर दिने बस र चालक नुवाकोट शिवपुरी गाँउपालिका–२, छाप घर भई काठमाडौँ नारायणस्थान बस्ने २८ वर्षीय निलकुमार तामाङलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ । 
 

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  २ : ३५ बजे

चिनियाँ अधिकृत ली लेयाङ : केरुङ आएको चार दिनमै बाढीमा परिन्, बुवाआमालाई बेइजिङ घुमाउने सपना अधुरै

काठमाडौं– चीन–नेपाल सीमास्थित भोटेकोशी नदीमा गत भदौ १० गते बिहान

साउदीलाई हराउँदै एसीसी प्रिमियर कपको सेमिफाइनलमा पुग्यो नेपाल

काठमाडौं- साउदी अरेबियालाई ५ विकेटले पराजित गर्दै नेपाल एसीसी प्रिमियर

बर्खासँगै काठमाडौं उपत्यकामा पहिरोको जोखिम बढ्यो (तस्बिरहरू)

काठमाडौं– बर्खायामसँगै काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा पहिरोको जोखिम बढेको छ।

सिडियोलाई गृहको पत्राचार : ऋण असुल्ने नाममा गैरकानुनी प्रक्रिया अपनाउनेलाई कानुनी कारबाही गर्नु

काठमाडौं– गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय (सिडिओ)लाई पत्र लेख्दै ऋण

चिलिमे सुरुङमा पुगे सांसदद्वय सागर र श्रीराम, ‘ब्लास्ट’ गरेर बाटो खोल्न सेनालाई सुझाव

रसुवा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा इन्जिनियर सागर