हिम्मतले नन्दप्रसादलाई आत्मनिर्भर बनायो « Khabarhub

हिम्मतले नन्दप्रसादलाई आत्मनिर्भर बनायो


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


354
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कृष्णपुर नगरपालिका–५ गजरौला बजारको एक कुनामा बिहानैदेखि धुवाँको मुस्लो, समोसाको गन्ध र तातो चियाको बाफले ग्राहक तानिरहेको हुन्छ । ग्राहकका बीचमा त्यही भेटिन्छन्, नन्दप्रसाद तिवारी । चिया र नास्ताको पसलमार्फत उनले आफ्नो परिवार चलाइरहेका छन् ।

करिब ५३ वर्षीय तिवारीको जीवन सहज भने थिएन । विक्रम संवत् २०५१ मा भारतको नैनितालमा बसमा उनी सहचालकका रूपमा काम गर्दा दुर्घटनामा परे। उनको दायाँ खुट्टा भाँच्चियो र बायाँ पनि कमजोर भयो । रोजगारी गुमेपछि उनी घर फर्किए । 

‘घरमै बसेर जिन्दगी चल्दैन भन्ने लाग्यो’, उनले भने, ‘विसं २०५४ मा मुगुबाट गजरौला झरे, सानो चिया पसल खोलेर जीवनको नयाँ अध्याय सुरु गरे ।’ 

श्रीमती लक्ष्मीका साथमा उनी चिया, समोसा र पकौडा बनाउँछन्। दुवै जना बिहान ५ देखि बेलुकी ८ बजेसम्म चिया नास्ताको पसल चलाउँछन्। त्यसमा उहाँका छोरा र बुहारीले पनि साथ दिएका छन् । त्यसबाट मासिक ३० देखि ३५ हजारसम्म आम्दानी हुन्छ । पसलकै कमाईले किनेको दुई कट्ठा जमिन भए पनि अधिकांश खाद्य सामग्री बजारमै किन्नुपर्ने बाध्यता छ । यस्तैमा उनले पसलको आम्दानीबाट केही रकम बचत गर्दै दुई कोठाको पक्की घर निर्माण गरेका छन् ।

दैनिक २०० सहकारीमा बचत गर्ने उनले वार्षिक रु एक लाखसम्म बचत गर्ने गरेका छन् । उनको पाँच जनाको परिवारको सहारा एक मात्रै त्यही चिया पसल मात्रै रहेको छ । त्यसकै कमाईले परिवारको खर्च चल्छ । तिवारीले पसल खोलेदेखि दुःखको पनि कम अभाव भोगेका छैनन् । 

‘विसं २०६० तिर आगलागीले पसलका सबै सामान जले’, उनी विगतलाई सम्झँदै भन्छन्, ‘विसं २०६४ मा फेरि बाढीले घरभित्रको र पसलभित्रको सबै समान बगाएर लग्यो, हिम्मत हारिन् ।’ 

सानो चुलो, चिया र आत्मबलको सहारामा फेरि नयाँ शिराबाट व्यवसाय सुरु गरेर यहाँसम्म आइपुगेको उनले बताए। 

‘हरेक दिन नन्दप्रसादकै चिया पसलमा पुग्छौँ’, स्थानीय युवा सुरेश विकले भने, ‘स्वादिष्ट चिया र नास्ता पाइन्छ नै, मेहनतको पाठ पनि पढ्न पाइन्छ, उनले गरेको सङ्घर्ष अनुकरणीय छ ।’

उनका अनुसार तिवारी अपाङ्गता भएको भए पनि कामबाट कहिल्यै पछि हटेका छैनन् । 

उनले भने, ‘तिवारीको सङ्घर्ष देख्दा शारीरिक अपाङ्गता आत्मबलको अगाडि बाधा होइन भन्ने प्रमाणित हुन्छ, पसलमा न आकर्षक बोर्ड, न सुविधा सम्पन्न छ, तर श्रम, इमान र निरन्तरता छ, त्यसैले ग्राहले उनलाई रुचाउँछन् ।’ 

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  २ : ५५ बजे

चिनियाँ अधिकृत ली लेयाङ : केरुङ आएको चार दिनमै बाढीमा परिन्, बुवाआमालाई बेइजिङ घुमाउने सपना अधुरै

काठमाडौं– चीन–नेपाल सीमास्थित भोटेकोशी नदीमा गत भदौ १० गते बिहान

साउदीलाई हराउँदै एसीसी प्रिमियर कपको सेमिफाइनलमा पुग्यो नेपाल

काठमाडौं- साउदी अरेबियालाई ५ विकेटले पराजित गर्दै नेपाल एसीसी प्रिमियर

बर्खासँगै काठमाडौं उपत्यकामा पहिरोको जोखिम बढ्यो (तस्बिरहरू)

काठमाडौं– बर्खायामसँगै काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा पहिरोको जोखिम बढेको छ।

सिडियोलाई गृहको पत्राचार : ऋण असुल्ने नाममा गैरकानुनी प्रक्रिया अपनाउनेलाई कानुनी कारबाही गर्नु

काठमाडौं– गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय (सिडिओ)लाई पत्र लेख्दै ऋण

चिलिमे सुरुङमा पुगे सांसदद्वय सागर र श्रीराम, ‘ब्लास्ट’ गरेर बाटो खोल्न सेनालाई सुझाव

रसुवा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा इन्जिनियर सागर