ओलीलाई पूर्वराष्ट्रपतिको सन्देश : म एमालेको राजनीतिमा आइसकेँ, पछि हट्दिनँ  « Khabarhub

ओलीलाई पूर्वराष्ट्रपतिको सन्देश : म एमालेको राजनीतिमा आइसकेँ, पछि हट्दिनँ 


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको सक्रिय राजनीतिबाट पछि नहट्ने मनस्थिति बनाएकी छन् । पार्टी नेतृत्वले अनिच्छा देखाइरहँदा पनि उनी जसरी पनि एमालेको सक्रिय राजनीतिमा फर्किने मनस्थिति बनाएको उनीनिकट एक नेताको दाबी छ । 

ती नेताका अनुसार एमाले पार्टी कार्यालय च्यासल (ललितपुर)मा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीसँगको ‘वान अन वान’ वार्ताका क्रममा यसबारे प्रष्ट सन्देश दिइसकेकी छन् । 

‘च्यासल बैठकमा अध्यक्षले सम्मानित पदमा रहिसकेको, राष्ट्रपति भइसकेको मान्छे राजनीतिमा आउँदा गाली–गलौच गर्छन् । दुर्वचन बोल्छन्, सहनुपर्छ, त्यसैले तपाई नआउनुस् भन्नुभयो,’ ती नेताले खबरहबसँग भने, ‘जवाफमा पूर्वराष्ट्रपतिले सदस्यता नवीकरण गरिसकेँ, म सक्रिय राजनीतिमा फर्किन्छु भनिसक्नुभएको छ ।’

ती नेताले भेटका क्रममा जनताको बहुदलीय जनवाद ‘जबज’को लोकतान्त्रीकरण र अध्यक्षको दुई कार्यकालमा आफैँ ‘ब्याक’ भएको प्रति प्रधानमन्त्री ओलीसँग असन्तुष्टि जनाएकी थिइन् ।  

‘एमालेमा ७० वर्षबारे छलफल हुन्छ, विद्या भण्डारीबारे कुरा हुँदैन’ भनेर पनि पूर्वराष्ट्रपतिले प्रधानमन्त्री ओलीसँग असन्तुष्टि जनाएको ती नेताको भनाइ छ ।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ८ : ३१ बजे

बागलुङमा जिप दुर्घटना हुँदा पाँच जना घाइते

ढोरपाटन– ढोरपाटन नगरपालिका–५ सहीखोलामा आज दिउँसो गाडीखोलादेखि बुर्तिबाङ आउँदै गरेको

चुनाव नलड्ने पूर्वऊर्जामन्त्री दीपक खड्काको घोषणा

काठमाडौं- पूर्वऊर्जामन्त्री एवम् नेपाली कांग्रेसका नेता दीपक खड्काले आगामी चुनाव

नागरिक उन्मुक्तिलाई नेकपामा विलय गराएकी रञ्जिता चुनाव नलड्ने, अर्कैलाई दिइन् टिकट

काठमाडौं– टीकापुर आन्दोलनबाट थारू समुदायको बलमा उदाएको नागरिक उन्मुक्ति पार्टीलाई

सेन्सीले सार्वजनिक गर्‍यो वानखेडे स्टेडियममा नेपाली टोलीको खेल प्रत्यक्ष हेर्न पाउने विजेता

काठमाडौं –जापानी प्रविधिमा आधारित घरेलु उपकरण ब्रान्ड सेन्सीले भारतको मुम्बईस्थित