तराईमा खानेपानी र सिँचाइको अभाव भएकामा सांसदहरूको चिन्ता | Khabarhub Khabarhub

तराईमा खानेपानी र सिँचाइको अभाव भएकामा सांसदहरूको चिन्ता


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– तराईमा वर्षा नहुँदा खानेपानी र सिँचाइको अभाव भएको विषयमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । 

राष्ट्रियसभाको मंगलबारको बैठकमा विशेष समयमा आफ्नो धारणा राख्ने क्रममा सांसदहरुले यस विषयमा गम्भीर हुन र सिँचाइका लागि वैकल्पिक व्यवस्था तथा किसानलाई राहतको व्यवस्था सरकारले गर्नुपर्ने धारणा राखेका हुन् ।

सांसद मोहम्मद खालिदले विद्यमान सरकार गठबन्धन बन्दै गर्दा भएका राजनीतिक स्थायित्व, सुशासन समृद्धि र संविधान संशोधनजस्ता सहमति कार्यान्वयन हुन नसकेको बताए। सरकारको एक वर्ष बितिसक्दा पनि रोजगारी बढ्न नसकेको, कृषि उत्पादमा उल्लेख्य प्रगति नदेखिएको, सार्वजनिक ऋण बढ्दै गएको उनको भनाइ थियो । 

साउनको पहिलो सातासम्म पनि मधेशमा पानी नपरेको र सुख्खा हुँदा वर्खेबालीका लागि सिँचाइ तथा खानेपानीको चरम अभाव भएको विषय उनले संसद्‌मा राखे। चुरे दोहन, वालुवा–गिट्टीको अवैध उत्खनन, जङ्गल फडानीजस्ता समस्याका कारण तराई क्षेत्रमा पानीको सतह घट्टै गएको सांसद खालिदले बताए ।

अर्का सांसद तुलप्रसाद विश्वकर्माले तराई क्षेत्रमा वर्षा नहुँदा खडेरी परेको र जमिन मुनिको पानीको सतह घट्दै गएको विषयमा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराए। सरकारले आर्थिक ऐनमार्फत् सुनचाँदीका गरगहनामा दुई प्रतिशतको विलासिता शुल्क लगाएकोमा व्यवसायी आन्दोलित भइरहेको विषय उनले संसद्मा उठाए। सुदूरपश्चिम र कर्णाली क्षेत्रका महिला महिनावारी भएको बेला छाउगोठमा बस्ने कुप्रथा अझै अन्त्य हुन नसकेको विषय उनले सदनमा उठाए ।

सांसद राजेन्द्रलक्ष्मी गैरले जलवायु परिवर्तनका असर बढ्दै गएको बताइन्। हाल खण्डवृष्टिका कारण तराई सुक्खाग्रस्त भएको र त्यसले वर्खेबालीको उत्पादन घट्ने देखिएको बताइन्। पहाडी क्षेत्रमा बाँदर आतंक बढेको विषय उनले सुनाइन्। सुक्खाग्रस्त क्षेत्रका किसान र जङ्गली जनावरबाट बालीनाली सखाप भएका किसानलाई सरकारले राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न सांसद गैरेले माग राखिन्। 

अर्का सांसद उर्मिला अर्यालले बारा, पर्सालगायतका जिल्लामा खानेपानी र सिँचाइको संकट देखिएको बताइन् । मधेशका सबैजसो जिल्लामा जलसङ्कट देखिएको उनको भनाइ छ । जङ्गल विनाश बढ्दै गएका कारण त्यसको प्रभाव जलवायुमा देखिएको सांसद अर्यालले बताइन्। सिँचाइ र खानेपानीका लागि शीघ्र वैकल्पिक व्यवस्था मिलाउन उनले संदनमार्फत् सरकारको ध्यानाकर्षण गराइन्।

सांसद गोपाल भट्टराईले संविधान संशोधनको अन्तरवस्तुमाथि छलफल अघि बढ्न नसकेको बताए। राजनीतिक स्थायित्वका लागि दुई ठूला दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच गठबन्धन बनेको उल्लेख गर्दै उनले संविधान संशोधन, सुशासन र समृद्धिका लागि थप प्रतिवद्ध हुनुपर्नेमा जोड दिए । वर्तमान सरकार समाजलाई आशातर्फ डोर्‍याउन सफल भएको र मुलुकको अर्थतन्त्रका सूचक सुधार हुँदै गएको सांसद भट्टराईको दाबी छ । नागरिकका विकास आकांक्षा पूरा गर्न केही ढिलाइ भएपनि सरकार त्यसतर्फ जिम्मेवार भएर लागिरहेको भट्टराईले बताए।

आजको बैठकमा सांसद पदम बहादुर परियारले नेपाली राजनीतिमा विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गर्दै अहिलेका राजनीतिज्ञहरुले उनीबाट प्रेरणा लिन सक्नुपर्ने धारणा राखे।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ४ : १५ बजे

ओलीले बोल्ने समय नदिएपछि कर्ण थापाले आपत्ति जनाए

काठमाडौं- नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा बोल्न नदिएपछि स्थायी

सहमतिमा यौन सम्बन्ध राखेर ‘हनी ट्रयाप’ थापेकी महिला पक्राउ

सुर्खेत – एक जना पुरुषलाई ‘हनी ट्रयाप’मा पार्ने युवतीलाई प्रहरीले

एमाले केन्द्रीय कमिटी बैठक : १८० जनाले राखे धारणा, विधान संशोधनमा २६४ सवाल सङ्कलन

काठमाडौँ – सत्तारुढ नेकपा (एमाले)को जारी नवौँ केन्द्रीय कमिटी बैठकमा

नयाँ पुस्ताको लडाकु विमानलाई चाहिने इन्जिन बनाउन भारतले फ्रान्ससँग सहकार्य गर्ने

काठमाडौं– भारतको रक्षा मन्त्रालयले नयाँ पुस्ताको लडाकु विमानको इन्जिन निर्माणका

‘स्वतन्त्र व्यापार सम्झौताले भारत र बेलायत दुबै मुलुक लाभान्वित’

काठमाडौं– दक्षिण एशियाका लागि बेलायतकी व्यापार उपायुक्त एन्ना शोटबोल्टले भारत