पूर्वराष्ट्रपतिलाई छेक्ने एमालेको तयारी, प्रवक्ता भन्छन्- महत्वपूर्ण निर्णय लिने सम्भावना छ | Khabarhub Khabarhub

पूर्वराष्ट्रपतिलाई छेक्ने एमालेको तयारी, प्रवक्ता भन्छन्- महत्वपूर्ण निर्णय लिने सम्भावना छ


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले)को नवौँ केन्द्रीय कमिटी बैठक मंगलबार पनि जारी छ । दोस्रो दिनको बैठकमा ५८ जनाले आफ्नो धारणा राखेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।

पहिलो दिने ४९ जनाले आफ्नो धारणा राखेका थिए । अब ७७ जनाले धारणा राखेपछि आजै बैठक सकिने गौतमले जानकारी दिए ।

मंगलबारको बैठकमा निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी एमालेको सक्रिय राजनीति फर्किने विषय, पार्टी सदस्यता र संगठित सदस्यताको व्यवस्था गर्नेलगायतमा धारणा राखेको पनि गौतमले जानकारी दिए ।

‘मातहतका कमिटीहरू मुख्य गरेर निर्वाचन क्षेत्रीय समन्वय कमिटी र प्रदेश निर्वाचन क्षेत्रीय कमिटी समन्वय कमिटीहरुलाई संविधानअनुकुल कार्यकारी कमिटी बनाउनुपर्छ भन्ने कुरालाई जोडका साथ उठाइएको छ,’ गौतमले भने, ‘सबैतिरको रिपोर्टिङ अनुसार पार्टीमा १ लाख ३९ हजार सदस्य बढेका छन् । यो करिब २८ प्रतिशत हो ।’

बैठकमा सरकारको प्रभावकारिता, मूल्यवृद्धिलगायतमा पनि केन्द्रीय सदस्यहरूले कुरा उठाएको गौतमले जानकारी दिए । पूर्वराष्ट्रपतिको पार्टी सदस्यता नवीकरण र पार्टीमा प्रवेश गर्ने कुरालाई अधिकांश केन्द्रीय सदस्यले उठाएको पनि जानकारी उनले दिए ।

‘नेपालको संविधानको भाग–६ र धारा–६१ मा राष्ट्रपतिको व्यवस्था गरिएको छ । धारा–६१ को २ मा राष्ट्रपति नेपालको राष्ट्राध्यक्ष हुने छ भन्ने कुरा सुनिश्चित गरिएको छ । ६१ को ३ मा राष्ट्रिय एकताको प्रतीक हुने छ भनिएको छ । धारा–६१ को ४ मा संविधानको पालक र संरक्षक हुने व्यवस्था गरिएको छ,’ गौतमले भने, ‘यस हिसावले राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ भनेर संविधानमा उल्लेख छ । यसका अतिरिक्त संविधानको भाग–२८ धारा २६७ को २ मा राष्ट्रपति नेपाली सेनाको परमाधिपति हुनेछ भनिएको विषयलाई आधार मान्दै अधिकांश केन्द्रीय सदस्यले राष्ट्राध्यक्ष भइसकेको व्यक्ति दलमा आउने नआउने विषय प्राविधिक होइन ।’

उनले थपे, ‘यो पार्टी विशेषको विषय पनि होइन । यो महत्वपूर्ण राजनीतिक विषय हो । यसले जनतामा, प्रणालीमा, व्यवस्थामा के प्रभाव पार्छ यो सबै संविधानको भावनामा कस्तो नजिर र अभ्यास हुन्छ भन्ने विषयमा पार्टीले स्पष्ट राजनीतिक निर्णय गर्नुपर्छ भन्ने मत अधिकांश केन्द्रीय सदस्यको मत छ ।’

गौतमले केन्द्रीय कमिटी बैठकबाट यो विषयमा महत्वपूर्ण निर्णय लिने पनि जानकारी दिए । ‘बैठकको समापनमा यो विषयमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्रीले अन्तिम बैठकको अन्तिमा सम्बोधन गर्दा केही महत्वपूर्ण निर्णय लिने अपेक्षा गरेका छौँ’, उनले भने ।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ४ : १९ बजे

ओलीले बोल्ने समय नदिएपछि कर्ण थापाले आपत्ति जनाए

काठमाडौं- नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा बोल्न नदिएपछि स्थायी

सहमतिमा यौन सम्बन्ध राखेर ‘हनी ट्रयाप’ थापेकी महिला पक्राउ

सुर्खेत – एक जना पुरुषलाई ‘हनी ट्रयाप’मा पार्ने युवतीलाई प्रहरीले

एमाले केन्द्रीय कमिटी बैठक : १८० जनाले राखे धारणा, विधान संशोधनमा २६४ सवाल सङ्कलन

काठमाडौँ – सत्तारुढ नेकपा (एमाले)को जारी नवौँ केन्द्रीय कमिटी बैठकमा

नयाँ पुस्ताको लडाकु विमानलाई चाहिने इन्जिन बनाउन भारतले फ्रान्ससँग सहकार्य गर्ने

काठमाडौं– भारतको रक्षा मन्त्रालयले नयाँ पुस्ताको लडाकु विमानको इन्जिन निर्माणका

‘स्वतन्त्र व्यापार सम्झौताले भारत र बेलायत दुबै मुलुक लाभान्वित’

काठमाडौं– दक्षिण एशियाका लागि बेलायतकी व्यापार उपायुक्त एन्ना शोटबोल्टले भारत