बाघ नियन्त्रणमा लिन हात्तीसहितको प्राविधिक टोली परिचालन | Khabarhub Khabarhub

बाघ नियन्त्रणमा लिन हात्तीसहितको प्राविधिक टोली परिचालन


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

दोधारा चाँदनी– कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ स्थित उखुबारीमा बाघ देखिएपछि स्थानीय त्रसित बनेका छन् । 
    
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको करिब १०० मिटर नजिकैको उखुबारीमा बाघ देखिएपछि स्थानीय त्रसित बनेको बेलडाँडी गाउँपालिका–२ का वडाध्यक्ष नारदसिंह अर्यालले जानकारी दिए । उनले आज बिहान करिब ७ बजेको समयमा उखुबारीमा बाघ देखिएको बताए। 

‘बिहानै उखुबारीमा देखिएको बाघ नियन्त्रणमा आउन सकेको छैन, स्थानीय त्रसित छन्’, उनले भने, ‘अहिले निकुञ्जबाट हात्तीसहितको टोली आउँदैछ ।’

निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले उक्त उखुबारीमा चितुवा हुनसक्ने प्रारम्भिक निष्कर्ष रहेको बताए।

‘हामीले कार्यालयबाट प्राविधिकसहित दुईवटा हात्तीसमेत उक्त क्षेत्रमा पठाएका छौँ’, उनले भने, ‘बाघभन्दा पनि हामीले चितुवा भएको आशंका गरेका छौँ, नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।’ 

उनले निकुञ्ज कार्यालय र नेपाली सेनाको टोली उक्त क्षेत्रमा खटिएको बताए। 
 

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ४ : २४ बजे

युवा संघ नेपालका सह-संयोजक संजीव राई छ महिनाका लागि निलम्बन

काठमाडौं– युवा संघ नेपाल केन्द्रीय अनुशासन आयोगले सह–संयोजक संजीव राईलाई

सहरमा भन्दा गाउँमा बढ्यो महँगी

काठमाडौं– सहरमा भन्दा गाउँमा महँगी बढेको छ । गाउँमा एक वर्ष

गत वर्षमा विदेश पढ्ने नाममा बाहिरियो एक खर्ब ३८ अर्ब

काठमाडौं– गत आर्थिक वर्ष ०८१/८२ मा नेपालबाट विदेश पढ्न जाने

एक वर्षमा ८३ अर्ब १९ करोडको शेयर सूचिकृत 

काठमाडौं– गत आर्थिक वर्ष २०८१/८२ को एक वर्षको अवधिमा ८३

पूर्वमुख्यसचिव बैकुण्ठ अर्यालको भ्रष्टाचार मुद्दा सर्वोच्च पुग्यो

काठमाडौँ – अख्तियार दुरुपयोग आयोगले सुरक्षण मुद्रण केन्द्रमा भएको अन्तःशुल्क