काठमाडौंको गर्मी ! (तस्बिरहरू) « Khabarhub

काठमाडौंको गर्मी ! (तस्बिरहरू)


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

 
काठमाडौं– मनसुनको समयमा पनि पर्याप्त पानी नपर्दा काठमाडौं उपत्यकामा गर्मी महसुस भएको छ । मानिसहरू गर्मीबाट बच्न छाता ओढेर हिँडिरहेका अथवा शीतल तापिरहेका देखिन्छन् ।

काठमाडौं उपत्यकामा केही समययता मौसमको प्रवृत्तिमा परिवर्तन आइरहेको छ । केही बेरमा पानी पर्ने अनि एक छिनमा झलमल्ल घाम लाग्ने, एक ठाउँ दर्के पानी ओइरिने अलि पर सुक्खा हुने भइरहेको छ । पानी नपर्दा हुप्प गर्मी हुने तर पानी परेपछि हल्का जाडो हुने काठमाडौंको मौसम छ ।

पानी पर्‍यो भनेर रेनकोट ओढेर हिँड्यो केही किलोमिटर पर पानी परेकै हुँदैन । यस्तो अनुभव धेरैपल्ट तपाई हामीले गरेका छौँ । अलि ठूलो वर्षा भएपछि सडकमा पानी जम्ने र त्यो सुकेपछि धुलो उडेर हैरानी हुने गरेको छ ।

जलवायु परिवर्तनका कारण मौसमी प्रवृत्ति फेरिएको जानकारहरू बताउँछन् । तर यसबारे पर्याप्त अध्ययन भने भएको छैन ।

त्यसो त यस वर्ष मनसुन उत्कर्षमा पुग्दा पनि पर्याप्त वर्षा भएको छैन । जल तथा मौसम विज्ञान विभागले केही दिनअघि भारी वर्षा हुने पूर्वानुमान गरेको थियो । तर मधेशमा पानी नपरेर धान रोपाइँ भएको छैन ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ५ : ०९ बजे

कांकडभिट्टा नाकामा सशस्त्र प्रहरीको ‘गोप्रो क्यामेरा’ बाट निगरानी

झापा– नेपालको पूर्वी सीमा नाका कांकडभिट्टामा सशस्त्र प्रहरी बलले उच्च

एसिसी प्रिमियर कप : मलेसियासँग भिड्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको

पूर्वाधार बनेसँगै पर्यटकीय गन्तव्य बन्दै अरुण डाँडा

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकास्थित अरुण डाँडा (छिन्तालुङ) पछिल्लो समय प्रमुख

भोटेकोशी बाढीः ११ हजार ९९३ जनाको उद्धार

काठमाडौँ – भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बुधबार साँझसम्म ११

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय