विपद् प्रतिकार्यमा ड्रोन प्रयोग गरिने « Khabarhub

विपद् प्रतिकार्यमा ड्रोन प्रयोग गरिने


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले विपद् प्रतिकार्यमा मानवरहित हवाई उपकरण (ड्रोन) प्रयोग गर्ने भएको छ । 

मंगलबार गृह मन्त्रालयमा विपद् प्रतिकार्यमा मानवरहित ड्रोन प्रयोग सम्बन्धमा राष्ट्रिय बिपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल मानवरहित विमान (ड्रोन) संघ-नेपाल ड्रोन संघबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । 

सम्झौता अनुसार प्राधिकरणको समन्वयमा संघले निशुल्क विपद् प्रतिकार्यमा ड्रोन प्रयोग गर्ने गृहमन्त्री रमेश लेखकले जानकारी दिए । कुनै ठाँउमा बिपद् भए ड्रोन प्रयोग गरेर खोज र उद्धारका साथै आवश्यकताका आधारमा राहत समेत उपलब्ध गराउन सकिने उनले बताए ।

गृहमन्त्री लेखकले अहिले बिपद्को प्रतिकार्य खोज, उद्धार राहतका लागि अत्याधुनिक प्रविधि प्रयोग गरिरहेको उल्लेख गरे । बिपद्को पूर्वसूचना प्रणालीलाई चुस्तदुरुस्त राख्ने काममा मन्त्रालय निकै अगाडि बढिसकेको उनले बताए ।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ६ : ०० बजे

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं– भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका बाबजुद सम्पूर्ण

चिनियाँ अधिकृत ली लेयाङ : केरुङ आएको चार दिनमै बाढीमा परिन्, बुवाआमालाई बेइजिङ घुमाउने सपना अधुरै

काठमाडौं– चीन–नेपाल सीमास्थित भोटेकोशी नदीमा गत भदौ १० गते बिहान

साउदीलाई हराउँदै एसीसी प्रिमियर कपको सेमिफाइनलमा पुग्यो नेपाल

काठमाडौं- साउदी अरेबियालाई ५ विकेटले पराजित गर्दै नेपाल एसीसी प्रिमियर

बर्खासँगै काठमाडौं उपत्यकामा पहिरोको जोखिम बढ्यो (तस्बिरहरू)

काठमाडौं– बर्खायामसँगै काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा पहिरोको जोखिम बढेको छ।

सिडियोलाई गृहको पत्राचार : ऋण असुल्ने नाममा गैरकानुनी प्रक्रिया अपनाउनेलाई कानुनी कारबाही गर्नु

काठमाडौं– गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय (सिडिओ)लाई पत्र लेख्दै ऋण