झपट रावलको प्रस्ताव : प्रत्यक्ष कार्यकारी प्रमुखका लागि संविधान संशोधन गरौँ | Khabarhub Khabarhub

झपट रावलको प्रस्ताव : प्रत्यक्ष कार्यकारी प्रमुखका लागि संविधान संशोधन गरौँ


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा नेता झपट रावलले संविधान र प्रदेश व्यवस्थासम्बन्धी दुई ठूला सुधारका सुझाव राखेका छन् ।

मंगलबारको बैठकमा बोल्ने क्रममा उनले पार्टी नेतृत्वलाई यसबारेमा तत्काल कदम चाल्न आग्रह गरेका छन्।

रावलले बहुमतीय सरकार गठनका नाममा बारम्बार देखिएको अस्थिरता अन्त्य गर्न ‘प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख’को मोडल संविधानमै समेट्नुपर्ने प्रस्ताव गरेका छन् ।

उनले प्रदेश सरकारहरूबारे ‘पैसा झोलामा लिएर आऊ, योजना बोरामा लिएर जाऊ’ भनेर बदनाम भइरहेको बाए । यसले गर्दा प्रदेशको बदनाम भएको उल्लेख गर्दै उनले प्रदेश सभाको संरचना र खर्च प्रणाली गम्भीर रूपमा पुनरवलोकन गर्न माग गरे।

‘प्रदेशहरू बिचौलिया र भ्रष्टाचारको अखडा बन्न थाले; समीक्षा नगरे यो संरचनाको कुनै अर्थ हुँदैन,’ उनले थपे ।

रावलले केन्द्रीय सरकारकै कतिपय मन्त्रीहरूको आचरणले पार्टीको छवि धुमिल भएको आरोप लगाए ।

‘पार्टी बदनाम भइसक्यो, तर नेतृत्वले उचित निर्णय लिन ढिला गरिरहेको छ,’ उनले चेतावनी दिँदै भने ।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ६ : १९ बजे

चीनको रेलसेवामा यात्रुको उल्लेखनीय वृद्धि

बेइजिङ – चीनमा सन् २०२५ को यात्रा अवधिमा जुलाई १

चन्द्र नहरमा डुबेर एकको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिकास्थित चन्द्र नहरमा डुबेर आज साँझ

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी सुदूरपश्चिममै पहिलो

कैलाली – स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा घोडाघोडी नगरपालिका सुदूरपश्चिममै

महिलालाई यौन क्रियाकलापमा लगाएको आरोपमा होटल सञ्चालक पक्राउ

जनकपुर – आर्थिक प्रलोभन देखाइ महिलालाई जबरजस्ती यौन क्रियाकलापमा सङ्लग्न