जनार्दनको निष्कर्ष- मनमोहनबाहेक कम्युनिस्ट नेताले असुली धन्दा चलाए « Khabarhub

जनार्दनको निष्कर्ष- मनमोहनबाहेक कम्युनिस्ट नेताले असुली धन्दा चलाए


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (माओवादी केन्द्र) का उप–महासचिव जनार्दन शर्मा प्रभाकरले प्रधानमन्त्रीले भ्रष्टाचार नगर्ने र गर्न नदिने हो भने आधा घट्ने बताएका छन् ।

मंगलबार ४७औं पुष्पलाल स्मृतिमा ‘वर्तमान राजनीति र कम्युनिष्ट आन्दोलन’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । यो किसिमको संकल्प नेपालको राजनीतिक नेतृत्वमा नदेखिएको पनि उनले बताएका छन् ।

शर्माले मनमोहन अधिकारीबाहेक सबै कम्युनिष्ट नेताहरूले असुली धन्दा चलाएको पनि बताएका छन् ।

उनले नेपालका कम्युष्टि नेताहरू बिचौलिया र कमिसनखोरीबाट टाढा रहन नसकेको बताए । ‘दुःखका साथ भन्नुपर्छ मनमोहन अधिकारीबाहेक अरु कम्युनिस्ट नेताले असुली धन्दा गरैकै छन्, यो आरोप होइन, यथार्थ हो,’ उनले भने ।

शर्माले पार्टीमा नेतृत्वको वरिपरि गोलबन्द भएर जयजयकार, दलाली गर्ने र नतमस्तकता प्रस्तुत गर्ने प्रवृत्तिको विकास भइरहेको बताए ।

नेतृत्वमा पनि जसले प्रशंसा र चाकडी गर्छ, उसैलाई आर्शिवाद दिने प्रवृत्ति मौलाएको उनले बताए ।

पार्टीमा जनवादी केन्द्रीयताको कुरा गरिरहँदा जनवाद समाप्त भइसकेर केन्द्रीयतामात्रै बाँकी रहेको उनले बताए । अहिले कम्युनिष्ट पार्टी सामन्ती झुण्डजस्ता बन्न थालेको उनले बताए ।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ७ : ३३ बजे

चुनाव नलड्ने पूर्वऊर्जामन्त्री दीपक खड्काको घोषणा

काठमाडौं- पूर्वऊर्जामन्त्री एवम् नेपाली कांग्रेसका नेता दीपक खड्काले आगामी चुनाव

नागरिक उन्मुक्तिलाई नेकपामा विलय गराएकी रञ्जिता चुनाव नलड्ने, अर्कैलाई दिइन् टिकट

काठमाडौं– टीकापुर आन्दोलनबाट थारू समुदायको बलमा उदाएको नागरिक उन्मुक्ति पार्टीलाई

सेन्सीले सार्वजनिक गर्‍यो वानखेडे स्टेडियममा नेपाली टोलीको खेल प्रत्यक्ष हेर्न पाउने विजेता

काठमाडौं –जापानी प्रविधिमा आधारित घरेलु उपकरण ब्रान्ड सेन्सीले भारतको मुम्बईस्थित

प्रतिनिधिसभा सदस्य निर्वाचन : मनोनयनपत्र दर्ताको तयारी पूरा

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि