सभामुखले गरे रास्वपा र राप्रपाका नेतासँग छलफल « Khabarhub

सभामुखले गरे रास्वपा र राप्रपाका नेतासँग छलफल


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सभामुख देवराज घिमिरेले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियासहित भिजिट भिसा प्रकरणमा संसद्मा निरन्तर सङ्घर्ष गरिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरूसँग आज छलफल गरेका छन् । उनले रास्वपा कार्यवाहक सभापति डिपी अर्याल र राप्रपा उपाध्यक्ष बुद्धिमान तामाङसँग छलफल गरे ।

सभामुख घिमिरेले भने, ‘भिसा प्रकरणलाई लिएर दुवै दल निरन्तर संसदीय कारबाहीमा सहभागी हुनुभएको छैन । सरकार र तपाईँहरूबीच संवाद हुन नसक्दा त्यसको असर संसद्मा परेको छ । सभामुखका रूपमा मैले अप्ठ्यारो महसुस गरिरहेको छु ।’

उनले सरकारले आगामी आर्थिक वर्षमा १२१ वटा विधेयक दिने भनेको कुरा उल्लेख गर्दै हाउस निरन्तर अवरोध हुँदा ती विधेयकलाई अगाडि बढाउन समस्या हुने बताए। 

उनले भने, ‘संसद् चलाउने वातावरण बनाउन म सरकार र विपक्षी दलहरूलाई आग्रह गर्दछु । तपाईँहरूको सैद्धान्तिक, राजनीतिक र मुद्दाहरूप्रति मेरो भन्नु केही छैन । तर, संसदीय गतिविधि प्रभावित भएको छ ।’ 

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री चौरसियाले सरकारले छानबिन समिति बनाएर काम सुरु गरेको उल्लेख गरे।

 ‘सरकारले विपक्षीलाई नजरअन्दाज गरेर जाने पक्षमा छैन । रास्वपा र राप्रपासँग पनि सरकारले छलफल गरिनै रहेको छ । एउटा सहमतिको विन्दुमा पुग्न तपाईँहरू पनि लचिलो हुनुहोस्, सरकारले आवश्यक गृहकार्य गर्छ’, उनले भने।

रास्वपा कार्यवाहक सभापति अर्यालले भने, ‘सभामुखले सहमतिका लागि निरन्तर पहल गर्नुभएको छ । धेरै बैठक सहमतिका लागि नै स्थगित पनि गर्नुभयो । तर, हामीले उठाएका मुद्दा धेरै गम्भीर छन् ।’ 

राप्रपा उपाध्यक्ष तामाङ–भिजिट भिसा प्रकरणमा हामीले मुद्दा उठान गरिसकेका छौँ । तर, विपक्षी दल बिना सहमति फर्कन सक्ने अवस्थामा छैनन् । सरकारले यस विषयलाई गम्भीरतापूर्वक लिन जरुरी छ । वैरागी छानबिन समितिले के काम गरेको छ भनेर समेत संसद्लाई जानकारी दिएको छैन । 

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ७ : ३७ बजे

आजको मौसम पूर्वानुमान : केही प्रदेशमा मेघगर्जनसहित भारी वर्षा

काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका

लिपुलेक बारे भारतको प्रतिक्रिया- कैलाश यात्राका लागि यो ऐतिहासिक मार्ग हो

नयाँ दिल्ली– भारतले लिपुलेक पास कैलाश मानसरोवर यात्राका लागि ऐतिहासिक

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९सोमबार०का लागि विदेशी मुद्राको

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौँ –  आज २०८३ साल वैशाख २१ गते सोमबार। जेठ

आज २०८३ साल वैशाख २१ गते सोमबारको राशिफल  

काठमाडौँ –  आज २०८३ साल वैशाख २१ गते सोमबार। जेठ