नेटवर्किङबाट ठगी गर्ने गिरोह नै पक्राउ | Khabarhub Khabarhub

नेटवर्किङबाट ठगी गर्ने गिरोह नै पक्राउ


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


930
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – नेपाल प्रहरीले सुर्खेतमा नेटवर्किङ माध्यमबाट ठगी गर्ने गिरोहलाई नै पक्राउ गरेको छ । बेरोजगार युवाहरूलाई रोजगारी दिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

सुर्खेत वीरेन्द्रनगर नगरपालिका—३, मुलपानी चोकमा रहेको स्काई ड्रिम ईन्टरपेनर्स प्रालिमार्फत ग्लोबल ओरियन्स नेपाल प्रालिमा विभिन्न जिल्लाका बेरोजगार युवायूवतीलाई सीप सिकाइ राम्रो तलब सुबिधासहित रोजगारी दिलाउने नेटवर्किङ मार्केटिङ चलाएर ठगी गरेको आरोपमा आठ जना पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रवक्ता एवं सूचना अधिकारी मोहनजंग बुढथापाले जानकारी दिए ।

उनीहरूले भाडाको कोठाबाट नेटवर्किङ मार्केटिङ गरेर विभिन्न प्रलोभनमा पारी आफू मातहत नेटवर्कमा नयाँ सदस्यलाइ आबद्ध गराइ प्रति व्यक्ति पाँच हजारदेखि दुई लाख ६० हजार रुपैयाँसम्म रकम जम्मा गर्न लगाएको खुलेको छ । उक्त गिरोहले ठगी गरेको उजुरी प्रहरीमा परेको थियो ।

पक्राउ पर्नेमा डोटी जिल्ला सायल गाउँपालिका—२ घर भई स्काई ड्रिम ईन्टरपेनर्स प्रालिका सञ्चालक २६ वर्षीया नरेश बोहोरा, दार्चुला जिल्ला महाकाली गाउँपालिका—४ घर भई उक्त प्रालिका व्यवस्थापक/कर्मचारी २४ वर्षीया कृष्ण धामी, अछाम जिल्ला कमल बजार नगरपालिका—६ घर भई उक्त प्रालिका व्यवस्थापक/कर्मचारी बर्ष २४ वर्षीया कमल शाही, अछाम कमल बजार नगरपालिका—६ घर भएका २२ वर्षीया रबिन्द्र शाही, कन्चनपुर जिल्ला महाकाली नगरपालिका—२ घर भएका २२ वर्षीया मनिषा सिंह, कन्चनपुर बेल्डाडी गाउँपालिका—१ घर भई उक्त प्रालिका कर्मचारी २१ वर्षीया निर्मला धामी, बैतडी सिगास गाउँपालिका—६ घर भई उक्त प्रालिको कर्मचारी २२ वर्षीया सुनिता साउद र डोटी जिल्ला बडिकेदार गाउँपालिका—४ घर भएका २२ वर्षीया कमला चिमाला रहेको प्रहरीले जनाएको छ ।

घटनाका बिषयमा उनीहरुलाई थुनामा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ८ : ३६ बजे

मधेश प्रदेशका दुई मन्त्रालयमा आगजनी

काठमाडौँ – प्रदर्शनकारीहरूले मधेशको शिक्षा तथा संस्कृति मन्त्रालय र भौतिक

‘प्रधानमन्त्रीको राजीनामा आइसक्यो, संवादबाट समाधान खोजौँ’

काठमाडौँ – मुलुकभर भइरहेको आन्दोलन र त्यस क्रममा भएको जनधनको

बाबुराम भट्टराईको घरमा आगजनी

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको घरमा जेन-जी प्रदर्शनकारीले आगो

झापाको बिर्तामोड र दमकमा पुनः निषेधाज्ञा

सुरुङ्गा– झापामा जिल्ला प्रशासन कार्यालयले पुनः कर्फ्यु आदेश जारी गरेको

मन्त्रीदेखि प्रधानमन्त्रीसम्म सबै सेनाको गोप्य सुरक्षामा

काठमाडौं– प्रदर्शन, तोडफोड र आगजनी बढ्दै गएपछि मन्त्रीदेखि प्रधानमन्त्रीसम्म सबैलाई