सहमतिमा यौन सम्बन्ध राखेर ‘हनी ट्रयाप’ थापेको आरोपमा युवती पक्राउ « Khabarhub

सहमतिमा यौन सम्बन्ध राखेर ‘हनी ट्रयाप’ थापेको आरोपमा युवती पक्राउ


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – एक जना पुरुषलाई ‘हनी ट्रयाप’मा पारेको आरोपमा एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले मंगलबार दैलेखको नौमुले गाउँपालिका– ८ घर भई वीरेन्द्रनगर बस्ने सिन्दु चन्दलाई पक्राउ गरेको हो ।

२०८१ भदौमा मनोज कोइरालासँग सहमतिमा भएको यौन सम्बन्धलाई बलात्कार मुद्दामा फसाइदिने भन्दै सिन्दुले पैसा असुली गरेको आरोप लागेको छ ।

कोइरालाको जाहेरीका आधारमा चन्दलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी मोहनजंग बुढथापाले बताए ।

प्रहरीका अनुसार गत भदौमा वीरेन्द्रनगर–६, बुद्धपथस्थित बुलबुले भ्यु होटलमा सिन्दु आफैँले कोइरालालाई बोलाएकी थिइन् । सोही होटलमा दुई जनाबीच सहमतिमा यौन सम्बन्ध भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

यौन सम्बन्ध राखेको फोटो तथा भिडियो सामाजिक सञ्जालमा राखेर बलात्कार मुद्दामा फसाउने भन्दै सिन्दुले मनोजसँग १४ लाख २५ हजार रुपैयाँ असुली गरेको जाहेरी परेको छ । उक्त रकम सिन्दुले फरक–फरक मितिमा कोइरालाबाट लिएको जाहेरीमा उल्लेख छ ।

पक्राउ परेकी सिन्दुलाई हनी ट्रयापमा पारी पीडितबाट आर्थिक लाभ लिएको कसुरमा हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ९ : ३३ बजे

भारतमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने ट्रम्पको योजनामा संसद्ले दियो साथ

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलगायत रुसबाट ठूलो परिमाणमा

ट्रम्प सरकारले हुथी विद्रोहीसँग गोप्य सम्झौता गर्‍यो, साउदीका जहाजमाथिको आक्रमण भने नरोक्ने

वासिङ्टन डीसी– अमेरिकाले यमनका हुथी विद्रोहीसँग गोप्य सम्झौता गरेको रिपोर्ट

देउवालाई गगनको आग्रह : छुट्टै महाधिवेशन गर्नुपर्ने आवश्यकता छैन, हामीसँगै आउनुहोस्

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई आगामी

प्रधान सेनापति सिग्देलले बेइजिङमा भेटे चिनियाँ रक्षामन्त्री डोङ जुनलाई

काठमाडौं- प्रधान सेनापति अशोकराज सिग्देलले चीन भ्रमणका क्रममा चिनियाँ रक्षामन्त्री

गगनको दाबी : देउवाका आठबुँदे प्रस्ताव स्वीकार गरेरै अघि बढ्यौँ

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवा पक्षले