सहमतिमा यौन सम्बन्ध राखेर ‘हनी ट्रयाप’ थापेको आरोपमा युवती पक्राउ « Khabarhub

सहमतिमा यौन सम्बन्ध राखेर ‘हनी ट्रयाप’ थापेको आरोपमा युवती पक्राउ


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.1k
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – एक जना पुरुषलाई ‘हनी ट्रयाप’मा पारेको आरोपमा एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतको टोलीले मंगलबार दैलेखको नौमुले गाउँपालिका– ८ घर भई वीरेन्द्रनगर बस्ने सिन्दु चन्दलाई पक्राउ गरेको हो ।

२०८१ भदौमा मनोज कोइरालासँग सहमतिमा भएको यौन सम्बन्धलाई बलात्कार मुद्दामा फसाइदिने भन्दै सिन्दुले पैसा असुली गरेको आरोप लागेको छ ।

कोइरालाको जाहेरीका आधारमा चन्दलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी मोहनजंग बुढथापाले बताए ।

प्रहरीका अनुसार गत भदौमा वीरेन्द्रनगर–६, बुद्धपथस्थित बुलबुले भ्यु होटलमा सिन्दु आफैँले कोइरालालाई बोलाएकी थिइन् । सोही होटलमा दुई जनाबीच सहमतिमा यौन सम्बन्ध भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

यौन सम्बन्ध राखेको फोटो तथा भिडियो सामाजिक सञ्जालमा राखेर बलात्कार मुद्दामा फसाउने भन्दै सिन्दुले मनोजसँग १४ लाख २५ हजार रुपैयाँ असुली गरेको जाहेरी परेको छ । उक्त रकम सिन्दुले फरक–फरक मितिमा कोइरालाबाट लिएको जाहेरीमा उल्लेख छ ।

पक्राउ परेकी सिन्दुलाई हनी ट्रयापमा पारी पीडितबाट आर्थिक लाभ लिएको कसुरमा हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ९ : ३३ बजे

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको

बागमतीमा अस्पताल अनुगमन अभियान सुरु

भक्तपुर– बागमती प्रदेश सरकार मातहत रहेका अस्पतालहरूको अनुगमन, निरीक्षण अभियान

चौधौँमा हारेका प्रदीपले पन्ध्रौँ महाधिवेशनमा पनि महामन्त्रीमै प्रतिस्पर्धा गर्ने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशनमा