ओलीको प्रशंसामा उषाकलाका शब्द- कार्यशैली अद्‍भुत, मिहिनेत गर्ने कुरामा २० वर्षे युवाले पनि भेट्न सक्दैन « Khabarhub

एमाले केन्द्रीय कमिटी बैठक

ओलीको प्रशंसामा उषाकलाका शब्द- कार्यशैली अद्‍भुत, मिहिनेत गर्ने कुरामा २० वर्षे युवाले पनि भेट्न सक्दैन


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


948
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‌नेकपा (एमाले) केन्द्रीय सदस्य उषाकला राई पार्टी केन्द्रीय कमिटीको नवौं बैठकमा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वलाई ‘अपरिहार्य’ भन्दै विधान संशोधनको पक्षमा उभिएकी छन् ।

एमालेको विधानमा उल्लेखित दुई कार्यकाल र ७० वर्ष उमेरको हदम्याद हटाउने निर्णय ‘पार्टी अध्यक्ष ओलीको अपूर्व क्षमताका कारण’ सान्दर्भिक रहेको उनले बताइन् ।

राईले बैठकमा धारणा राख्दै भनिन्, ‘यो निर्णय केपी ओलीलाई हेरेर गरिएको हो, त्यसमा अप्ठ्यारो मान्नुपर्ने केही छैन, उहाँ २४ मध्ये २० घण्टा देश र पार्टीका लागि खट्न सक्ने नेता हो ।’

राईले ओलीको कार्यशैलीलाई अद्भुत भन्दै समर्थन जनाइन् । । उनले अगाडि भनिन्, ‘२० वर्षको युवाले पनि ओलीको जस्तो मिहिनेत गर्न सक्दैन् ।’

एमाले अध्यक्ष ओली र पार्टीमाथि भइरहेको घेराबन्दीलाई राईले राष्ट्रियतामाथिको हमलाको संज्ञा दिइन् ।

‘यो घेराबन्दी राष्ट्रिय विकास र समृद्धि रोक्न गरिएको हो, चुच्चे नक्सा सार्वजनिक, नाकाबन्दीको सामना, र द्रूत विकास गर्ने क्षमता भएकाले केपी ओली आज घेराबन्दीमा हुनुहुन्छ’, उनले भनिन् ।

राईले ओली ‘देशका लागि अपरिहार्य’ र ‘इतिहासकै बलिया नेता’ भएको बताइन् ।

राईले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी प्रवेशबारे पनि धारणा राखिन् । ‘पूर्वराष्ट्रपतिले पार्टीमा फर्किन मिल्दैन’, राईले भनिन्, ‘यो उहाँको व्यक्तिगत इच्छा होइन, गणतन्त्रको प्रतीक राष्ट्रपति पदले उहाँलाई जीवनभर ओज र सम्मानमा राख्नुपर्छ ।’

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ९ : ५६ बजे

रसुवाबाट सुत्केरी महिला र नवजात शिशुको हवाई उद्धार

काठमाडौं– रसुवाको आमाछोदिङमो गाउँपालिका–३, गत्लाङकी २९ वर्षीया फुर्पु यामो तामाङ

गगनसँग भेटेर शेखरले भने : देश र लोकतन्त्र अप्ठ्यारोमा छ, कांग्रेस मिल्नुको विकल्प छैन

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र पार्टी सभापति

हिमपहिरो खसेर बनेको तालको पानी रित्तियो, अर्को विपद्को जोखिम टर्‍यो (तस्बिरहरू)

केरूङ (चीन)- नेपालको उत्तरी सीमा क्षेत्रनजिकै दक्षिणपश्चिम चीनको सिचाङ (तिब्बत)

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन– पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण लैजान

अनाक क्राकाताउ ज्वालामुखी विस्फोटपछि जकार्ताका २०९ उडान प्रभावित

जकार्ता– इन्डोनेसियाको अनाक क्राकाताउ ज्वालामुखी आइतबार बिहान विस्फोट भएपछि निस्किएको