ओली र पोखरेलको चेतावनीबीच पनि विद्या भण्डारीको पक्षमा उभिए केन्द्रीय सदस्यहरू « Khabarhub

ओली र पोखरेलको चेतावनीबीच पनि विद्या भण्डारीको पक्षमा उभिए केन्द्रीय सदस्यहरू


६ श्रावण २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) को जारी केन्द्रीय कमिटीको बैठकमा पूर्वराष्ट्रपति विद्या भण्डारीको पक्षमा पनि केन्द्रीय सदस्यहरू खुलेका छन् । पार्टी नेतृत्वको चेतावनीलाई बेवास्ता गर्दै केन्द्रीय कमिटीको बैठकमा केन्द्रीय सदस्यहरु उभिएका हुन् ।

सोमबार केन्द्रीय कमिटीको बैठकको सुरुमा नै अध्यक्ष ओलीले भण्डारीको प्रवक्ता नबन चेतावनी दिएका थिए । ओलीले भनेका थिए, ‘कोही उहाँ (भण्डारी) को प्रवक्ता बन्नुभएको छ, किन पर्‍यो त्यो ।’

केन्द्रीय कमिटी बैठक अघि नै अध्यक्ष ओली र महासचिव शंकर पोखरेलले इन्चार्जहरूमार्फत् ओलीको पक्षमा बोल्न र विद्याको विपक्षमा बोल्न निर्देशन दिएका थिए ।

साउन ३ गते पोलिटब्युरो बैठक सकिएपछि भोलिपल्ट साउन ४ गते सबै प्रदेशमा इन्चार्जहरूलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर निर्देशन दिइएको थियो ।

इन्चार्जहरूले ४ गते दिउँसो र ५ गते केन्द्रीय कमिटी बैठक सुरु हुनुअघि आआफ्ना प्रदेशका केन्द्रीय सदस्यहरूको बैठक राखेर ओली पक्ष र भण्डारीको विपक्षमा बोल्न कडा निर्देशन दिएका थिए । एक केन्द्रीय सदस्यका अनुसार कसले कसरी बोल्ने ? कतिबेला बोल्ने ? त्यसको तयारी नै गरिएको थियो ।

पार्टी नेतृत्वबाट चौतर्फी चेतावनी र दबाबकोविच केन्द्रीय सदस्यहरू कैलाश ढुङ्गेल, इन्द्रलाल सापकोटा, रचना खड्का, अरबिन्द सिंह, युवराज बाँस्कोटा, रामलाल साह, बिनादेवी राई, शिव सुवेदी, कैलाश ढुंगेल, शिव सुवेदी, केदार न्यौपाने, पार्वती रावल लगायत नेताहरूले आफूलाई भण्डारीको पक्षमा उभ्याएका हुन् ।

केन्द्रीय सदस्य केदार न्यौपानेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई विवाद नगरी पार्टीमा स्वागत गर्नुपर्ने बताए । न्यौपानेले भण्डारीले सदस्यता त्यागेको विषय प्राविधिक भएको भन्दै यसलाई विवादको विषय बनाउन नहुने बताएका हुन्।

‘विद्या भण्डारी पार्टीमा लाग्दा यो पार्टी बलियो नै हुन्छ, राष्ट्रपति बनाउने निर्णय यो पार्टीले गरेको हो र उहाँले त्याग्नु भएको सदस्यता भनिएको कुरा प्राविधिक कुरा हो,’ उनले भने, ‘त्यसैले उहाँको पार्टी सदस्यलाई विवादको विषय नबनाइयोस् र उहाँलाई पार्टीमा स्वागत गरियोस्।’

केन्द्रीय सदस्य युवराज बास्कोटाले भण्डारीमाथि भइरहेको टिप्पणी गलत भएको बताए । भन्दा सेनाको परमाधिपति भन्ने तर व्यवहारमा बाटबाटै हिलो छ्याप्ने, तेजोबद गर्दै हिड्ने विषय युक्तिसंगत नभएको उनको भनाई छ ।

उनले भण्डारी राजनीतिमा सक्रिय हुदा कोकोहोलो मच्चाइएको भन्दै रोष प्रकट गरे । उनले बैठकमा प्रश्न गरे, ‘पूर्वराष्ट्रपतिका लागि औसत योग्य मात्र होइन, सुयोग्य ठानेर हामीले नै पठाइएको होइन ? हो भने अहिले उहाँको बारेमा यति विघ्न नराम्रो चर्चा गर्न नहुने थियो कि ? फेरि अहिले नेतृत्व निर्माण र निर्वाचनको बेला पनि होइन, किन यति धेरै कोकोहोलो ?’

उनले एउटा कुनै वडाध्यक्ष पार्टी प्रवेश गर्दा पार्टीमा अगाध खुशी छाउने तर पूर्वराष्ट्रपतिको पार्टी सदस्यता नवीकरणको विषय आलोचना र विरोध हुनु गलत भएको बताए । भने, ‘एउटा कुनै वडाध्यक्ष पार्टी प्रवेश गर्दा हामीमा अगाध खुशी छाएको हुन्छ, राष्ट्रिय समाचार बन्छ, पूर्वराष्ट्रपतिको पार्टी सदस्यता नवीकरणको विषय आलोचना, विरोध, निन्दाको शिकार बन्छ ? यो संगतियुक्त र युक्तिसंगत भएन ।’

रामलाल साहले पहिले ओलीका बारेमा पनि अनेक आरोप लगाइएको स्मरण गर्नुपर्ने उल्लेख गरे।‘बिरामी ओली पार्टीमा आए एमाले सकिन्छ भन्नेहरू अहिले विद्या पार्टीमा आए पार्टी सकिन्छ भनिरहेका छन्,’ साहले भने, ‘ पार्टी नेतृत्वले मात्रै होइन, नीतिमा सुस्पष्टता भए विद्याले राम्रोसँग चलाउन सक्नुहुन्छ।’

लुम्बिनीबाट प्रतिनिधित्व गर्ने शिव सुवेदीले पार्टीमा कमिटी प्रणाली नचलेको भन्दै कमिटी प्रणाली बलियो पार्नुपर्ने प्रस्ताव गरेका थिए। ‘अहिले संगठन चलेन। जताततै केन्द्रीय अध्यक्ष हावी हुनुभयो। उहाँको नाममा रजगज चल्यो,’ उनले भने, ‘यो विषयको निर्मम समीक्षा हुनुपर्छ।’

केन्द्रीय सदस्य कैलाश ढुंगेलले भण्डारीलाई राष्ट्रपति पार्टीले बनाएको उल्लेख गरे। ‘उहाँलाई पार्टीले, केपी शर्मा ओलीले बनाएको हो। हामीले बनाएको हो। उहाँले यसबीच प्राप्त गर्नुभएको ज्ञान र अनुभवलाई हामीले पार्टी निर्माणमा प्रयोग गर्नुपर्छ,’ उनले भने।

लुम्बिनीकै पार्वती रावलले भण्डारी नेपाल कम्युनिस्ट आन्दोलनको सग्लो र सर्वाधिक अग्लो सम्पत्ति भएको दाबी गरिन्। ‘उहाँलाई नजर अन्दाज गरेर होइन, पार्टीले आफ्नो आवश्यकता अनुसार पुँजीकृत गर्नुपर्छ,’ उनले भनिन्। उषाकिरण तिम्सेनाले पार्टीमा निःशर्त नेतृत्व हस्तान्तरण र पुस्तान्तरण हुनुपर्ने बताइन् ।

प्रकाशित मिति : ६ श्रावण २०८२, मंगलबार  ११ : ५४ बजे

कुनै हालतमा निर्वाचनमा धाँधली भयो भनेर प्रश्न उठाउने ठाउँ राख्न हुँदैन : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आसन्न निर्वाचनलाई

काठमाडौं विश्वकै प्रदूषित सहरको सूचीमा पाँचौँ स्थानमा (तस्बिरहरू)

काठमाडौं– राजधानी काठमाडौं आज शुक्रबार विश्वको सबैभन्दा प्रदूषित सहरहरू मध्ये

बालेन्द्रले ल्याए भारतको तरकारी रोक्ने योजना, वाइवाइलाई दिए ‘कांग्रेसको चाउचाउ’को संज्ञा

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले भारतबाट आउने

होलीको आगमन : असन-इन्द्रचोकमा रंगिन चहलपहल (तस्बिरहरू)

काठमाडौं– रङको पर्व होली नजिकिँदै जाँदा काठमाडौंको असन र इन्द्रचोक

‘गठबन्धनको राजनीतिले खराब परिणाम दियो : हामीले दूषित राजनीतिलाई सफा गर्छौँ’

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले गठबन्धनका कारण नेपालको राजनीति