शैक्षिक उन्नयनका निम्ति योगदान गरेकाहरू पुरस्कृत « Khabarhub

शैक्षिक उन्नयनका निम्ति योगदान गरेकाहरू पुरस्कृत


६ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– यहाँस्थित ‘शुभशेर राई स्मृति प्रतिष्ठान’ले जिल्लाको शैक्षिक उन्नयनमा योगदान गरेका दुई जना शिक्षकलाई सम्मान गरेको छ । साथै प्रतिष्ठानले एक जना मेधावी विद्यार्थीलाई पुरस्कार तथा छ जनालाई सम्मान गरेको छ।

रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित छिप्तीमा जन्मिएर ४३ वर्ष शिक्षण सेवा गरेका स्वर्गीय शिक्षक शुभशेर राईको सम्मान तथा सम्झनामा परिवारका १९ जना सदस्यले प्रत्येक वर्ष आफ्नो कमाइको शून्य दशमलव पाँच प्रतिशतका दरले थप गर्नेगरी चार वर्षअघि स्थापना गरेको रु ११ लाख ११ हजार १११ राशिको अक्षयकोषबाट बिहीबार उनीहरूलाई सम्मान गरिएको हो । 

‘शुभशेर राई जिल्ला उत्कष्ट शिक्षक पुरस्कार–२०८२’बाट पञ्चकन्या माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक प्रेमकुमार श्रेष्ठ र पञ्च माध्यमिक विद्यालयका शिक्षक पदमप्रसाद आचार्य पुरस्कृत भएका हुन् । उनीहरूलाई जनही रु २७ हजार ७७७ प्रदान गरिएको छ । 

‘शुभशेर राई खोटाङ जिल्ला शिक्षक नेतृत्व सम्मान–२०८२’बाट सिद्धेश्वरी आधारभूत विद्यालय मुडेका प्रधानाध्यापक बिन्दा थापा र कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णबहादुर गुरुङलाई  सम्मान गरिएको छ ।

 ‘शुभशेर राई उत्कृष्ट विद्यालय व्यवस्थापन सम्मान–२०८२’ भगवती दिनानाथ माध्यमिक विद्यालयका अध्यक्ष अम्बरबहादुर बस्नेतले प्राप्त गरेका छन् । ‘शुभशेर राई जिल्ला उत्कृष्ट प्रधानाध्यापक सम्मान–२०८२’ कालिका आवासीय आधारभूत विद्यालयका प्रधानाध्यापक टीकाराम राईलाई दिइएको छ । 

यसैगरी, ‘शुभशेर राई दीर्घ शिक्षण सेवा सम्मान–२०८२’ देवीस्थान आधारभूत विद्यालयका शिक्षक मेघराज फुयालले प्राप्त गरेका छन्छ भने ‘शुभशेर राई उत्कृष्ट विद्यार्थी पुरस्कार–२०८२’बाट चम्पावती माध्यमिक विद्यालयकी छात्रा दिया राईलाई प्रदान गरिएको छ।
 

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  १० : ०२ बजे

बागलुङ पहिरो : मृतकको सङ्ख्या १२ पुग्यो

बागलुङ– बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

तनहुँ– मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनमा

चौतर्फी दबाबपछि फिफा अध्यक्ष इन्फान्टिनो लचिलो, सदस्य देशलाई बजेट उपलब्ध गराइने

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले