पछिल्लो एक सातामा २११ जनामा डेंगुको संक्रमण, सङ्क्रमितको सङ्ख्या ३२ सय नाघ्यो  | Khabarhub Khabarhub

पछिल्लो एक सातामा २११ जनामा डेंगुको संक्रमण, सङ्क्रमितको सङ्ख्या ३२ सय नाघ्यो 


६ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो एक सातामा देशभर २ सय ११ जनामा डेंगुको सङ्क्रमण देखिएको छ । योसँगै नेपालमा डेंगु सङ्क्रमितको सङ्ख्या ३ हजार २ सय ४७ पुगेको छ । 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ईडीसीडीको तथ्यांक अनुसार ७४ वटा जिल्लामा फैलिएको डेंगु सबैभन्दा धेरै गण्डकी प्रदेशमा ९ सय १४ जनामा देखिएको छ । त्यस्तै बाग्मतीमा ६ सय ७५, कोशीमा ५ सय ६८, लुम्बिनीमा ५ सय ५१,  सुदूरपश्चिममा ३ सय ८४, कर्णालीमा ९३ र मधेश प्रदेशमा ६२ जनामा डेंगुको संक्रमण देखिएको ईडीसीडीले जनाएको छ । 

वर्षा हुने र घाम लाग्ने हुँदा लामखुट्टेका लागि अनुकूल वातावरण बन्ने भएकाले विशेष गरी साउन, भदौ, असोजमा डेङ्गुको सङ्क्रमण देखिने गर्दछ । यो समयमा लामखुट्टेको टोकाइबाट बच्न चिकित्सकहरू सुझाउँछन् ।

डेंगुका बिरामीहरूको संख्या बढिरहेकोले आ–आफ्नो घर, टोल, समुदाय र कार्यालयमा अझ सक्रियताका साथ खोज र नष्ट गर अभियानमा लाग्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  १२ : ४९ बजे

दर्शक हँसाउन क्यान्डा उडे भरतमणि, सुमन र कैलाश

काठमाडौं- तीन युवा कमेडियन भरतमणि पौडेल, सुमन कार्की र कैलाश

आजपाको जिकिर : भ्रष्टाचार र ठगी गर्दै हिँडेपछि निकालिएकाहरूलाई ओलीले टीको लगाएर एमालेमा भित्र्याए

काठमाडौँ- प्रभु साह नेतृत्वको आम जनता पार्टीले विगतमा कारवाही गरी

नक्कली डाक्टरको आशंकामा डेण्टल केयर बन्द

चितवन- यहाँस्थित भरतपुरको हाकिमचोकमा ‘नक्कली डाक्टर’ बनेर उपचार गरेको आशंकामा

युके पठाउने भन्दै ४३ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगारीका लागि बेलायत (युके) पठाउने भन्दै आठ