अनुदानले किसान पशुपालनतर्फ आकर्षित, दूध उत्पादन बढ्यो « Khabarhub

अनुदानले किसान पशुपालनतर्फ आकर्षित, दूध उत्पादन बढ्यो


६ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

तनहुँ– आर्थिक वर्ष २०८१-८२ मा तनहुँमा दूध उत्पादनमा वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष २०८०र८१ मा ३७ लाख ९२८ मेट्रिक टन दूध उत्पादन भएकामा गत आवमा ३८ लाख ६७० मेट्रिक टन दूध उत्पादन भएको हो । 

उत्पादनका आधारमा प्रतिलिटर रु तीनका दरले किसानलाई अनुदान दिन थालेपछि व्यवसाय गर्ने किसानको सङ्ख्या बढ्नुका साथै र दूध उत्पादन पनि बढ्न थालेको भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्रका कार्यालय प्रमुख वरिष्ठ मत्स्य विकास अधिकृत रबिनसन अधिकारीले जानकारी दिए । 

उनले भने, ‘अघिल्लो वर्ष दुधालु गाईको सङ्ख्या १३ हजार ६१० रहेकामा गत वर्ष १३ हजार ६३८ तथा भैँसीको सङ्ख्या २० हजार ६५० रहेकामा वृद्धि भई २१ हजार २४२ पुगेको छ ।’

जिल्लाका ११ सहकारी संस्थामार्फत ३२ लाख ४७ हजार १७८ मेट्रिक टन दूध बिक्री गरिएको छ । उनले भने, ‘प्रतिलिटर तीनका दरले अनुदान दिँदा ९७ लाख ४१ हजार ५३४ खर्च भएको छ ।’

तनहुँ दूध, मासु र अण्डामा आत्मनिर्भर भई बाह्य जिल्लामा समेत बिक्री–वितरण गर्न थालिएको वरिष्ठ मत्स्य विकास अधिकृत अधिकारीले बताए। कुल परिवार सङ्ख्या ८८ हजार ५८३ रहेकामा कृषि पेसामा आबद्ध परिवार ५८ हजार ५९५ र पशुपन्छीपालनमा आबद्ध ४९ हजार ६४० परिवार रहेका छन् । 

जिल्लामा ५६ प्रतिशत घरधुरी पशुपालनमा लागेको तथ्यांक छ । त्यसैगरी, पाँच हजार ३७ गाई, चार हजार ४१७ भैँसी, ७६ बाख्रा र २२ बङ्गुरमा कृत्रिम गर्भाधान गरिएको उनले बताए ।
 

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  १२ : ५७ बजे

नयाँ नेतृत्वका लागि निर्वाचन अघि बढाउन प्रतिनिधिको दबाब, विशेष महाधिवेशनस्थलमा नाराबाजी

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनस्थल भृकुटीमण्डमा प्रतिनिधिहरूले नाराबाजी थालेका छन्

भिमादमा ‘किसानसँग नगरप्रमुख’ कार्यक्रम सञ्चालन

दमौली– भिमाद नगरपालिकाले कृषि तथा पशुपालन क्षेत्रको विकास र विस्तार

महाधिवेशन प्रतिनिधि सीताको निष्कर्ष- अब अरु दलको चुनाव चिन्हमा भोट हालिँदैन

काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत बन्दसत्र जारी

नबिल बैंकको अध्यक्षमा निर्वाण चौधरी चयन

काठमाडौं– नबिल बैंक लिमिटेडको ४१औँ वार्षिक साधारणसभाले १२.५० प्रतिशत नगद

अमेरिकाको ब्रुमफिल्ड शहरसँग ललितपुर महानगरको भगिनी सम्बन्ध 

ललितपुर– ललितपुर महानगर र अमेरिको ब्रुमफिल्ड शहरबीच भगिनी सम्बन्ध कायम