प्रभु साहले भने- लिपुलेकमा भारत-चीनले सहमति गर्दा हाम्रा राजदूत के हेरेर बसेका छन् ? « Khabarhub

प्रभु साहले भने- लिपुलेकमा भारत-चीनले सहमति गर्दा हाम्रा राजदूत के हेरेर बसेका छन् ?


६ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आम जनता पार्टीका सांसद प्रभु साहले भारत र चीनले नेपाली भूमि लिपुलेक भएर व्यापार नाका पुनः सञ्चालन गर्नका लागि नयाँ दिल्लीमा गरेको सम्झौताबारे सांसदलाई जानकारी गराउन सरकारसँग माग गरेका छन् । 

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उनले मुलुकको भौगोलिक अखण्डता र सार्वभौमसत्तासँग जोडिएको महत्त्वपूर्ण विषयमा सरकार चुप लाग्नु नहुने पनि बताए । 

‘नेपालको भूमि लिपुलेक हुँदै व्यापारिक नाका सञ्चालन गर्न भारत र चीनले गरेको सम्झौताबारे सदनलाई जानकारी गराउन सरकारसँग माग गर्दछु,’ सांसद साहले भने, ‘नेपालको भौगोलिक अखण्डता र सार्वभौमसत्तासँग जोडिएको यो महत्त्वपूर्ण विषयमा सरकार चुप लाग्नु हुँदैन ।’ 

उनले कालापानी, लिम्पियाधुरा, लिपुलेक नेपालको भूमि भूमि भएको भन्दै १० वर्ष अगाडि तत्कालीन सुशील कोइराला नेतृत्वको सरकारले भारत र चीनलाई कूटनीतिक नोट पठाएको पनि स्मरण गरे । ‘यति पठाइराख्दा र कूटनीतिक पहल गरिराख्दा यस्तो किन सुन्न आयो भन्ने प्रश्न गर्न चाहन्छु,’ साहले भने । 

सांसद साहले भारत र चीनमा रहेका नेपाली राजदूतबारे पनि प्रश्न उठाए । भारत र चीनका लागि नियुक्त राजदूतहरूको कार्यसम्पादन मूल्यांकन गर्ने बेला भएको उनले बताए ।  

‘हाम्रा राजदूतहरू के गरेर बसेका छन् ? ती देशहरूमा हाम्रा राजदूतहरूको कार्यसम्पादन मूल्यांकन गर्ने बेला आयो,’ साहले भने, ‘नेताहरूले आफ्ना आसेपासे, विश्वास पात्रलाई, आफ्ना नातागोतालाई त्यहाँ राजदूत बनाउँछन् । उहाँहरूले डलरको व्यापार गरिराख्नुभएको छ । होइन भने किन यसरी प्रगति देखिएन ?’

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  २ : २४ बजे

नवौं संस्करणको निफ चैत १९ बाट

काठमाडौं – नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले नेपाली चलचित्रलाई विश्व

शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौं : राष्ट्रपति

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले परिवर्तित सन्दर्भमा नवपुस्ता मात्र नभएर सबै

तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द

एजेन्सी– इरानले बिहीबार बिहान कुनै स्पष्ट कारण नखुलाई व्यावसायिक उडानहरूका

पाकिस्तानी जेलबाट २२१ जना अफगान कैदी रिहा

एजेन्सी– गत हप्ता पाकिस्तानी जेलबाट रिहा भएका २२१ जना अफगान

‘सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेनशील छ’

काठमाडौं– कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको