हमासले सर्त नमाने गाजा ध्वस्त गर्छौँ : इजरायली रक्षामन्त्री « Khabarhub

हमासले सर्त नमाने गाजा ध्वस्त गर्छौँ : इजरायली रक्षामन्त्री


६ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इजरायलका रक्षामन्त्री इजरायल काट्जले सशस्त्र समूह हमास हतियार बिसाएर सबै बन्धकहरू रिहा गर्न सहमत नभए गाजा सहर तहस–नहस गरिदिने चेतावनी दिएका छन् । 

इजरायली मन्त्रिपरिषद्ले अन्तर्राष्ट्रिय र घरेलु विरोधका बीच गाजा सहर कब्जा गर्ने योजनालाई अनुमति दिएपछि काट्जको चेतावनी सार्वजनिक भएको हो । 

रक्षामन्त्री काट्जले भनेका छन्, ‘यदि हमास सहमत भएन भने गाजालाई पनि राफा र बेत हनुनजस्तै खण्डहर बन्ने छ ।’ इजरायली सैन्य अभियानका कारण दुवै सहरहरू लगभग पूर्णरूपमा ध्वस्त भइसकेको छ । 

सशस्त्र समूह हमासले गत सोमवार कतार र मिस्रको मध्यस्थताबाट तयार गरिएको ६० दिने युद्धविराम प्रस्ताव स्वीकार गरेको थियो । 
उक्त प्रस्तावमा गाजामा बन्धक बनाइएकाहरूमध्ये आधालाई रिहाइ गर्नुपर्ने सर्त समावेश छ । 

यद्यपि, इजरायली प्रधानमन्त्री बिन्जामिन नेतन्याहुले बन्धकहरूका रिहाइका साथै ‘इजरायललाई स्वीकार्य सर्त’ मा गाजा युद्ध समाप्त गर्नका लागि वार्ताको निर्देशन दिएका छन् । 

गत महिना नेतन्याहुले युद्धविराम र बन्धक रिहाइका लागि भएको अप्रत्यक्ष वार्ता विफल भएपछि गाजा सहर नियन्त्रणको नयाँ योजनाको घोषणा गरेका थिए । –बीबीसीबाट

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  २ : ५९ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्