हमासले सर्त नमाने गाजा ध्वस्त गर्छौँ : इजरायली रक्षामन्त्री « Khabarhub

हमासले सर्त नमाने गाजा ध्वस्त गर्छौँ : इजरायली रक्षामन्त्री


६ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इजरायलका रक्षामन्त्री इजरायल काट्जले सशस्त्र समूह हमास हतियार बिसाएर सबै बन्धकहरू रिहा गर्न सहमत नभए गाजा सहर तहस–नहस गरिदिने चेतावनी दिएका छन् । 

इजरायली मन्त्रिपरिषद्ले अन्तर्राष्ट्रिय र घरेलु विरोधका बीच गाजा सहर कब्जा गर्ने योजनालाई अनुमति दिएपछि काट्जको चेतावनी सार्वजनिक भएको हो । 

रक्षामन्त्री काट्जले भनेका छन्, ‘यदि हमास सहमत भएन भने गाजालाई पनि राफा र बेत हनुनजस्तै खण्डहर बन्ने छ ।’ इजरायली सैन्य अभियानका कारण दुवै सहरहरू लगभग पूर्णरूपमा ध्वस्त भइसकेको छ । 

सशस्त्र समूह हमासले गत सोमवार कतार र मिस्रको मध्यस्थताबाट तयार गरिएको ६० दिने युद्धविराम प्रस्ताव स्वीकार गरेको थियो । 
उक्त प्रस्तावमा गाजामा बन्धक बनाइएकाहरूमध्ये आधालाई रिहाइ गर्नुपर्ने सर्त समावेश छ । 

यद्यपि, इजरायली प्रधानमन्त्री बिन्जामिन नेतन्याहुले बन्धकहरूका रिहाइका साथै ‘इजरायललाई स्वीकार्य सर्त’ मा गाजा युद्ध समाप्त गर्नका लागि वार्ताको निर्देशन दिएका छन् । 

गत महिना नेतन्याहुले युद्धविराम र बन्धक रिहाइका लागि भएको अप्रत्यक्ष वार्ता विफल भएपछि गाजा सहर नियन्त्रणको नयाँ योजनाको घोषणा गरेका थिए । –बीबीसीबाट

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  २ : ५९ बजे

पाकिस्तानी जेलबाट २२१ जना अफगान कैदी रिहा

एजेन्सी– गत हप्ता पाकिस्तानी जेलबाट रिहा भएका २२१ जना अफगान

‘सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेनशील छ’

काठमाडौं– कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको

केन्द्रीय कार्यसमितिको निर्णय बोकेर निर्वाचन आयोगमा गगन-विश्वप्रकाश

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसका नेताहरू पार्टीको निर्णय अद्यावधिक

बक्स अफिसमा ‘द राजा साब’को सन्नाटा, फ्लप बन्यो

काठमाडौं – दक्षिण भारतीय सुपरस्टार प्रभास स्टारर ‘द राजा साब’ले

गगनले घोषणा पत्र लेख्ने, विश्वप्रकाश फागुन २१ का चुनावी कमान्डर

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आगामी फागुन २१ गतेको