बीपी प्रतिष्ठान सुधारमा असफल हुने छुट मलाई छैन : उपकुलपति श्रेष्ठ « Khabarhub

बीपी प्रतिष्ठान सुधारमा असफल हुने छुट मलाई छैन : उपकुलपति श्रेष्ठ


६ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


360
Shares
  • change font
  • change font
  • change font

धरान– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधारका काममा आफुलाई असफल हुने छुट नहुने प्रतिष्ठानका नवनियुक्त उपकुलपति डा. विक्रम श्रेष्ठले बताएका छन् ।

शुक्रबार नेकपा (एमाले) का नेतृत्व तथा मजदुर नेताहरूसँग कुराकानी गर्दै उपकुलपति डा. श्रेष्ठले उक्त कुरा बताएका हुन् । ‘मेरो नियुक्ति भलै राजनीतिक हो, तर म कुनै राजनीतिक आग्रहपूर्वाग्रहबिना सबैको साथ-सहयोग लिएर काम गर्छु ।’

उनले आफू प्रतिष्ठानमा २५ वर्षदेखि काम गरिरहेको बताए । ‘म धरानबासी हुँ, यसअघि शिक्षाध्यक्ष भएर काम गरेको अनुभव पनि छ, मलाई असफल बनाउने पनि छन्, साथ दिने पनि छन्, ती सबैलाई नियालेर काम गर्छु’, डा. श्रेष्ठले भने, ‘म अलिक सोझो छु, तर इमान्दार छु । मैले काम गर्दा कुनै बाधा आए मलाई तपाईंहरूको साथ चाहिन्छ ।’

भेटमा नेकपा (एमाले) कोशी प्रदेश सदस्य तथा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले सुधारमा बाधा गर्ने प्रतिष्ठानको परम्परागत संरचनाको समुल शल्यक्रिया गर्नुपर्ने सुझाए ।

राईले प्रतिष्ठानको प्रशानिक सुधार गर्दै जनताको दैनदिन सेवालाई चुस्त र छरितो बनाउनु पर्ने, सेवालाई नयाँ क्षेत्रमा विस्तार गर्दै आवश्यक पूर्वाधारको विकास र अति जरूरी स्वास्थ्य परिक्षणका साधन व्यवस्था गर्दै प्रतिष्ठानलाई सुविधासम्पन्न स्वास्थ्य विश्वविद्यालयका रुपमा विकास गर्न सुझाव दिए ।

डा. श्रेष्ठसँगको भेटमा एमाले कोशी प्रदेशका सदस्यहरु सूर्य पन्धाक, शुशीला पहाडी, मौसम राई, ध्रुव राई, सुनसरी जिल्ला सदस्य राजमणि निरौला, धरान नगर अध्यक्ष हर्कजंग एभेङ र नगर सदस्य दीपक बनेपाली लगायत नेता सहभागी थिए ।

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  ५ : २५ बजे

बक्स अफिसमा ‘द राजा साब’को सन्नाटा, फ्लप बन्यो

काठमाडौं – दक्षिण भारतीय सुपरस्टार प्रभास स्टारर ‘द राजा साब’ले

गगनले घोषणा पत्र लेख्ने, विश्वप्रकाश फागुन २१ का चुनावी कमान्डर

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आगामी फागुन २१ गतेको

देउवाको ठाउँमा गगनको हस्ताक्षर कायम गर्न निर्वाचन आयोग जाने निर्णय

काठमाडौं- गगन थापाको नेतृत्वमा बिहीबार सर्वसम्मत चयन भएको नेपाली कांग्रेस

देउवा नेतृत्वको कांग्रेससंग सहकार्य गर्छौँ : महेश बस्नेत

काठमाडौं– नेकपा एमालेले यही माघ ४ गते काठमाडौंमा निर्वाचन केन्द्रित

शेरबहादुर देउवा अब हाम्रो संरक्षक भएर रहनुहुन्छ : पुष्पा भुसाल

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले बुधबार नयाँ नेतृत्व चयन