देउवा नेतृत्वको कांग्रेससंग सहकार्य गर्छौँ : महेश बस्नेत « Khabarhub

देउवा नेतृत्वको कांग्रेससंग सहकार्य गर्छौँ : महेश बस्नेत


१ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


414
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेले यही माघ ४ गते काठमाडौंमा निर्वाचन केन्द्रित विशेष जनप्रदर्शन गर्ने भएको छ ।

एमाले बागमती प्रदेश कमिटीले बिहीबार पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गरेर माघ ४ गते काठमाडौंमा आयोजना गर्न लागेको निर्वाचन केन्द्रित विशेष जनप्रदर्शनको तयारी पुरा भएको जनाएको छ । 

काठमाडौंको प्रदर्शनीमार्गबाट सुरु हुने जनप्रदर्शन कमलादीस्थित प्रज्ञा भवनमा पुगेर सभामा परिणत हुने एमालेका सचिव एवं बागमती प्रदेशका इञ्चार्ज महेश बस्नेतले जानकारी दिए । 

सभाबाट एमालेले निर्वाचन केन्द्रित विशेष कार्यक्रमको घोषणा गरिने उनले बताए । बस्नेतले आफ्नो प्रदेश निर्वाचन केन्द्रित विशेष अभियानमा तीव्रताका साथ लागेको बताउँदै चुनावका लागि आवश्यक वातावरण बनाउन आग्रह गरे । 

उनले चुनाव भए एमालेले बहुमत ल्याउने र ठूलो दल हुने कुरालाई अव कसैले रोक्न नसक्ने दाबी गरे । 

त्यस्तै बस्नेतले कांग्रेसको विभाजन लोकतन्त्र र परिवर्तनको रक्षा गर्ने कुरामा दुखद भएको बताए । 

कांग्रेसको दुई पक्षमध्ये एक पक्षसँग सहकार्य गर्ने अवस्था आए एमालेले शेर बहादुर देउवा नेतृत्वको कांग्रेससँग सहकार्य गर्ने उनले बताए ।  

बस्नेतले एमाले विभाजन गर्न चाहना पूरा नभएपछि कांग्रेस विभाजन गराइएको समेत बताए । 

एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुङ्गेलले एमालेले निर्वाचनलाई लोकतान्त्रिक पद्धतिको पुनः स्थापनाका रूपमा लिएको स्पष्ट उल्लेख गरे । 

प्रकाशित मिति : १ माघ २०८२, बिहीबार  २ : ०४ बजे

किसानलाई समयमा नै मल आपूर्ति गर्नुपर्नेमा जोड

काठमाडौं– राष्ट्रियसभाका सांसदले उचित समयमा रासायनिक मल नपाउँदा किसान समस्यामा

फेरि होर्मुजमा नौसैनिक नाकाबन्दी लागू, इरान–अमेरिका तनाव थप चर्कियो

तेहरान– अमेरिकाले इरानविरुद्धको सैन्य अभियानलाई निरन्तरता दिँदै होर्मुज जलडमरूमध्य तथा

सरकारलाई नेकपाले भन्यो- सस्तो लोकप्रियता र प्रचारमुखी गतिविधिले बरबादीतर्फ लैजान्छ

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद महेन्द्रबहादुर शाहीले सरकार

अमेरिकी आक्रमणमा इरानका सात सैनिक मारिए, ३० भन्दा बढी नागरिकको पनि ज्यान गयो

तेहरान– अमेरिकाले इरानमाथि गरेको पछिल्लो हवाई आक्रमणमा सात इरानी सैनिक

जनता विकास खोज्दैछन्, सरकार सस्तो लोकप्रियतातिर लाग्यो : महेन्द्रबहादुर शाही

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद महेन्द्रबहादुर शाहीले सरकारको