देउवाको ठाउँमा गगनको हस्ताक्षर कायम गर्न निर्वाचन आयोग जाने निर्णय « Khabarhub

देउवाको ठाउँमा गगनको हस्ताक्षर कायम गर्न निर्वाचन आयोग जाने निर्णय


१ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गगन थापाको नेतृत्वमा बिहीबार सर्वसम्मत चयन भएको नेपाली कांग्रेस केन्द्रीय कमिटीले पार्टीका निर्णयलाई निर्वाचन आयोगमा अद्यावधिक गराउने निर्णय गरेको छ । त्यसका लागि निर्वाचित कमिटीका केही नेतालाई निर्वाचन आयोगमा पठाइने भएको छ।

बिहीबार ललितपुरको कुपण्डोलमा बसेको केन्द्रीय कार्यसमितिको पहिलो बैठकले आफ्ना निर्णय अद्यावधिक गराउन टोली आयोगमा पठाउने गरेको प्रवक्ता देवराज चालिसेले बताए ।

बैठकले कांग्रेस सभापतिका रुपमा शेरबहादुर देउवाले गर्दै आएको हस्ताक्षर हटाएर गगन थापाको कायम गराउने गरी आयोगमा जाने निर्णय गरेको हो । चालिसेले आफूहरूको निर्णय पुगेपछि आयोगले कांग्रेसको आधिकारिकताबारेको विवाद यथाशक्य चाँडो मिलाइदिने अपेक्षा पनि गरेका छन् ।

‘विशेष महाधिवेशन भइसकेको छ। यसले नयाँ कार्यसमिति चयन गरिसकेको छ। अब यस कार्यसमितिका निर्णय अद्यावधिक गराउँदैछौँ’, उनले भने, ‘आगामी प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारका लागि हस्ताक्षर फेर्न र समानुपातिक उम्मेदवारको सूची संशोधन गर्न आयोग जाने निर्णय भइसकेको छ।’

बिहीबार बिहान मात्रै गगनको नेतृत्वमा विशेष महाधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । गगनहरूले यो निर्णय गर्दै गर्दा संस्थापनले भने पार्टीको आधिकारिक वेबसाइटबाट विशेष पक्षका नेताहरूको नाम धमाधम हटाइरहेको छ।

प्रकाशित मिति : १ माघ २०८२, बिहीबार  २ : ०४ बजे

च्याम्पियन्स लिग छनोट: डुरानको दुई गोलमा सेल्टिकको सानदार जित

काठमाडौँ – क्यामिलो डुरानको दुई उत्कृष्ट गोलको मद्दतले सेल्टिकले युरोपेली

नेपालगञ्ज–पोखरा उडान पुनः सुरु

नेपालगञ्ज – लामो समयदेखि रोकिएको नेपालगञ्ज–पोखरा नियमित हवाई सेवा यही

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल भदौ ४ गते बिहीबार सन् २०२६

आज २०८३ साल भदौ ४ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ४ गते बिहीबार सन् २०२६