अलैँचीको निर्यात दोब्बरले बढ्यो « Khabarhub

अलैँचीको निर्यात दोब्बरले बढ्यो


६ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

भद्रपुर– मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा अलैँची निर्यात ९९ दशमलव ५० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्क अनुसार गत साउन महिनामा ३२ करोड १७ लाख ६१ हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको हो । 

गत एक महिनाको अवधिमा २१६ दशमलव १५ मेट्रिक टन अलैँची निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले जानकारी दिए । अघिल्लो आव २०८१/८२ मा १६ करोड १२ लाख ५२ हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको उनले बताए । 

कार्यालयको तथ्याङ्कअनुसार चालु आवको साउन महिनामा चिया  निर्यात २६ दशमलव ८० प्रतिशतले घटेको छ । सो अवधिमा ३७ करोड ४८ लाख २४ हजार रुपैयाँ बराबरको चिया निर्यात भएको छ । 

अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा ५१ करोड २२ लाख ७८ हजार रुपैयाँ बराबरको चिया निर्यात भएको सूचना अधिकारी हुमागाईँले जानकारी दिए । 

कार्यालयको तथ्याङ्कअनुसार निर्यात हुने मुख्य वस्तुहरूमा भेनियर सिट ३० दशमलव ४० प्रतिशत, छुर्पी ९२ प्रतिशत, धातुका अन्य अवशेष सत् प्रतिशत, काउली, ब्रोकाउली र बन्दाकोपी ८९ प्रतिशतले वृद्धि भएको छ । 

यसैगरी, प्लाइउड ५४ दशमलव १० प्रतिशत, अदुवा ५७ दशमलव ४० प्रतिशत, अम्रिसो शून्य दशमलव ६० प्रतिशतले निर्यातमा कमी आएको छ  । मेची भन्सारबाट आर्थिक वर्ष २०८२/८३ को साउन महिनामा तीन अर्ब ६९ करोड ४० लाख २३  हजार रुपैयाँको माल वस्तु निर्यात भएको छ । 

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  ५ : २१ बजे

टिपरको ठक्करबाट एक जनाको मृत्यु

पर्सा– टिपरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

परराष्ट्रमन्त्रीसँग दक्षिण कोरियाका विदेशमन्त्रीको भेट, भोटेकोशी बाढीबारे छलफल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच

काठमाडौंमा आयो ८७ हजार ग्यास सिलिन्डर, सार्वजनिक बिदामा ‘रिफिलिङ’ र ढुवानी नियमित गरिने

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि पछिल्ला तीन दिनमा

सरकारको देखाउन गृहमन्त्रीले पनि लिए एआई फोटोको सहारा

काठमाडौं- सरकारको कामको प्रचार गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका नेता-कार्यकर्ता सामाजिक

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं– भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका बाबजुद सम्पूर्ण