लिपुलेकबाट व्यापारिक नाका खोल्ने भारत–चीन सहमतिप्रति समाजवादी मोर्चाको आपत्ति | Khabarhub Khabarhub

लिपुलेकबाट व्यापारिक नाका खोल्ने भारत–चीन सहमतिप्रति समाजवादी मोर्चाको आपत्ति


६ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारत र चीनबीच हालै भएको लिपुलेक व्यापारिक नाका सञ्चालन गर्ने सहमतिप्रति समाजवादी मोर्चा, नेपालले गम्भीर आपत्ति जनाएको छ।

नेकपा माओवादी केन्द्र नेतृत्वको मोर्चाले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको अभिन्न अंग भएकाले त्यहाँ कुनै पनि प्रकारको सहमति नेपालको अनुमतिबिना गर्न नहुने स्पष्ट गरेको छ।

मोर्चाले जारी गरेको वक्तव्यमा ऐतिहासिक प्रमाण र दुवै पक्षीय सहमति अनुसार लिपुलेक नेपालकै भूभाग भएको भन्दै भारतीय पक्षले त्यहाँ निरन्तर अतिक्रमण गर्दै आएको उल्लेख गरिएको छ।

वक्तव्यमा भनिएको छ, ‘नेपालको सार्वभौमिकता माथि गम्भीर आघात पुर्‍याउने गरी लिपुलेकबारे भारत र चीनबीच भएको सहमति नेपालको भूमिमा फिर्ता व्यापार खोल्ने योजनाबद्ध प्रयास हो, जसलाई नेपालले अस्वीकार गर्छ।’

समाजवादी मोर्चाले नेपालको भूमिमा परनिर्भर शक्तिहरूको सम्झौता नेपाली जनताको हितविपरीत हुने भन्दै विरोध जनाएको छ।

वक्तव्यमा सीमा सम्बन्धी विवादलाई सरकारले गम्भीरतापूर्वक कूटनीतिक पहलमार्फत समाधान गर्नुपर्ने र नेपाल सरकार मौन बसेको खण्डमा जनआन्दोलनमार्फत विरोध गर्ने चेतावनी दिइएको छ। वक्तव्यमा पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, उपेन्द्र यादव र महिन्द्र राय यादवको हस्ताक्षर छ।

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  ५ : ३७ बजे

दुई सय बिघा जग्गामा लगाइएको धानखेती बाढीले डुबायो

महोत्तरी – जिल्लाको जलेश्वर नगरपालिका–८ का किसानद्वारा लगाइएको दुई सय

प्रचण्डले भने : उत्पीडित वर्गको अधिकारका लागि सङ्घर्ष जारी छ

लमजुङ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री

जोखिममा परेका गर्भवती तथा सुत्केरीको सतप्रतिशत हवाई उद्धार गरिने

काठमाडौं – चालु आर्थिक वर्षको वार्षिक योजना तथा कार्यक्रम निर्धारित

साफ यू –१७ महिलाः भुटानविरुद्ध नेपालको जित

काठमाडौं – सहारा लिम्बूको उत्कृष्ट प्रदर्शनसँगै नेपालले दक्षिण एसियाली फुटबल

ओली–विद्या दन्तबझान : एमाले फुटेकै हो ?

काठमाडौं– थापागाउँमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विहीबार सम्पर्क कार्यालय उद्घाटन गरिन्