लुम्बिनीका उद्योगमा श्रमिकले पाउँदैनन् न्यूनतम ज्याला « Khabarhub

लुम्बिनीका उद्योगमा श्रमिकले पाउँदैनन् न्यूनतम ज्याला

शिवम् सिमेन्टको प्रदूषणले बस्ती नै सार्नुपर्ने अवस्था


६ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – लुम्बिनी प्रदेशभित्र सञ्चालन भएका अधिकांश उद्योगमा काम गर्ने श्रमिकले न्यूनतम ज्याला नपाएको पाइएको छ ।

प्रतिनिधि सभा अन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले रुपन्देही, दाङ, नवलपरासी (बर्दघाट सुस्तापूर्व) तथा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)का जिल्लाहरूमा गरेको अध्ययनले सो क्षेत्रमा काम गर्ने श्रमिकहरूको अवस्था दयनीय रहेको देखाएको हो ।

खबरहबलाई प्राप्त समितिको स्थलगत अध्ययन प्रतिवेदनमा सो क्षेत्रमा सञ्चालनमा रहेका अधिकांश उद्योगहरूमा कार्यरत श्रमिकहरूले नेपाल सरकारबाट निर्धारण गरिएको न्यूनतम ज्याला नपाएको, ज्यालामा लैंगिक विभेद रहेको, सामाजिक सुरक्षा योजनामा समावेश नभएको र कार्यस्थलमा स्वास्थ्य तथा सुरक्षाको मापदण्ड पालना नभएको उल्लेख छ ।

समितिले स्थलगत अध्ययनपश्चात् सबै उद्योगमा श्रमिकलाई लैंगिक विभेद रहित न्यूनतम ज्यालाको सुनिश्चितता, सामाजिक सुरक्षा योजनामा अनिवार्य आवद्दता र कार्यस्थलमा स्वास्थ्य तथा सुरक्षाको मापदण्डको पूर्ण कार्यान्वयन गराउन सरकार र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ ।

तर, समितिले श्रमिकहरूले कुन उद्योगमामा काम गर्ने श्रमिकले कति ज्याला पाइरहेका छन् भन्ने विषय भने प्राप्त प्रतिवेदनमा उल्लेख गरेको छैन ।

सरकारले चालु आर्थिक वर्षबाट लागू हुनेगरी श्रमिकको न्यूनतम ज्याला १९ हजार पाँच सय ५० रुपैयाँ तोकेको छ । गत आर्थिक वर्षसम्म श्रमिकको न्यूनतम ज्याला १७ हजार तीन सय रुपैयाँ रहेको थियो ।

शिवम् सिमेन्टले गरेको प्रदूषणले बस्ती नै सार्नुपर्ने अवस्था

शिवम् सिमेन्ट उद्योगले उत्सर्जन गरेको प्रदूषणका कारण बस्ती नै सार्नुपर्ने अवस्था बनेको स्थानीयले बताएका छन् ।

प्रतिनिधिसभा अन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले गरेको स्थलगत अध्ययनको क्रममा प्रतिनिधिहरूसमक्ष नवलपरासीको वेनीमनिपुरका स्थानीय बासिन्दाले फ्याक्ट्रीबाट उत्पन्न प्रदूषणका कारण हावा र पानी नै प्रदूषित भएको बताए ।

उद्योगबाट सिर्जित प्रदूषणको कारण राज्यले नै स्थानीय वस्तिलाई स्थानान्तरण गर्न उपयुक्त हुने स्थानीयबासीले समितिमार्फत् माग राखेका छन् ।

स्थलगत अनुगमनमा सहभागी सांसद रमा कोइरालाले उद्योगमा कार्यरत सबै श्रमिकको स्वास्थ्य स्थितिको नियमित परीक्षण वर उपचार कार्यको व्यवस्था उद्योगले मिलाउनुपर्ने र सबै श्रमिकको सामाजिक सुरक्षा र बीमा सुविधाको व्यवस्था हुनुपर्ने अनुगमनको क्रममा बताएकी थिइन् ।

अनुगमनको क्रममा समितिसमक्ष शिवम् सिमेन्ट उद्योगका महाप्रवन्धक वाङले चीनमा मानिसहरूको घर वरिपरि नै उद्योगहरू रहेको र कारखानामा अत्याधुनिक उपकरण जोडिएकाले धुलो उड्ने समस्या नरहेको भन्दै स्वास्थ्य समस्या पनि नरहेको बताएका थिए ।

उनले आगामी दिनमा सामाजिक उत्तरदायित्व अन्तर्गत एक घर एक रोजगारी जस्ता कार्यक्रम सबै पूरा गर्ने, तर अहिले व्यापार घाटाका कारण सो काम गर्न नसकिएको बताएका थिए ।

महाप्रबन्धक वाङका अनुसार अहिले उद्योग एक अर्ब ५० करोड रुपैयाँ घाटामा सञ्चालन भइरहेको छ ।

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  ५ : ४४ बजे

भारतले खुलायो लिपुलेक हुँदै मानसरोवर यात्रा, आवेदन मे १९ सम्म

नयाँ दिल्ली – भारतको विदेश मन्त्रालयले नेपाली लिपुलेक हुँदै भूमि

वैशाख शुक्ल पूर्णिमा : मनाइयो बुद्ध जयन्ती

काठमाडौं – शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको दुई हजार ५७०औँ

आईपीएल : दिल्लीलाई राजस्थानले दियो २२६ रनको लक्ष्य

जयपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत अहिले भइरहेको खेलमा

सुकुम्वासीलाई सञ्चालन गरेको शिविरमा दुई सय बढीको उपचार

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सुकुम्वासी बस्तीका नागरिकका

अमेरिका र स्कटल्यान्डससँग खेल्ने नेपाल ‘ए’ टोली घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले अमेरिका र स्कटल्यान्डसँग खेल्ने