मुख्यमन्त्री सिंह एक साताका लागि मलेसिया जाँदै « Khabarhub

मुख्यमन्त्री सिंह एक साताका लागि मलेसिया जाँदै


६ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह एक साताका लागि शुक्रबार मलेसिया जाने भएका छन् । 

मलेसियामा उनले त्यहाँ रहेका नेपाली कामदार, विशेषगरी मधेस प्रदेशका नागरिकसँग भेटघाट गर्ने कार्यक्रम रहेको मुख्यमन्त्री सिंहको सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री सिंहले उनीहरूको अवस्था र समस्याबारे प्रत्यक्ष जानकारी लिनुका साथै विभिन्न कार्यक्रममा सहभागिता जनाउने छन् ।

मुख्यमन्त्रीको यो भ्रमणलाई वैदेशिक रोजगारीमा रहेका कामदारको समस्या र अवस्थाबारे बुझ्न महत्त्वपूर्ण अवसरका रूपमा लिइएको छ ।

सिंहको अनुपस्थितिमा भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारीसमेत तोकिएको छ ।

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  ५ : ५५ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्