मुख्यमन्त्री सिंह एक साताका लागि मलेसिया जाँदै « Khabarhub

मुख्यमन्त्री सिंह एक साताका लागि मलेसिया जाँदै


६ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह एक साताका लागि शुक्रबार मलेसिया जाने भएका छन् । 

मलेसियामा उनले त्यहाँ रहेका नेपाली कामदार, विशेषगरी मधेस प्रदेशका नागरिकसँग भेटघाट गर्ने कार्यक्रम रहेको मुख्यमन्त्री सिंहको सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री सिंहले उनीहरूको अवस्था र समस्याबारे प्रत्यक्ष जानकारी लिनुका साथै विभिन्न कार्यक्रममा सहभागिता जनाउने छन् ।

मुख्यमन्त्रीको यो भ्रमणलाई वैदेशिक रोजगारीमा रहेका कामदारको समस्या र अवस्थाबारे बुझ्न महत्त्वपूर्ण अवसरका रूपमा लिइएको छ ।

सिंहको अनुपस्थितिमा भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारीसमेत तोकिएको छ ।

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  ५ : ५५ बजे

नवौं संस्करणको निफ चैत १९ बाट

काठमाडौं – नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले नेपाली चलचित्रलाई विश्व

शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौं : राष्ट्रपति

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले परिवर्तित सन्दर्भमा नवपुस्ता मात्र नभएर सबै

तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द

एजेन्सी– इरानले बिहीबार बिहान कुनै स्पष्ट कारण नखुलाई व्यावसायिक उडानहरूका

पाकिस्तानी जेलबाट २२१ जना अफगान कैदी रिहा

एजेन्सी– गत हप्ता पाकिस्तानी जेलबाट रिहा भएका २२१ जना अफगान

‘सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेनशील छ’

काठमाडौं– कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको