छुदेन काविमोको पुस्तक ‘उरमाल’लाई मदन पुरस्कार « Khabarhub

छुदेन काविमोको पुस्तक ‘उरमाल’लाई मदन पुरस्कार


६ भदौ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- छुदेन काविमोको पुस्तक ‘उरमाल’लाई नेपाली साहित्यको प्रतिष्ठित मदन पुरस्कार-२०८१ प्रदान गरिने भएको छ ।

शुक्रबार बसेको मदन पुरस्कार गुठीको बैठकले ‘उरमाल’लाई’ मदन पुरस्कारबाट सम्मानित गर्ने निर्णय भएको हो ।

उता लोकभाका सङ्कलन र संरक्षणमा विशिष्ट योगदान पुर्‍याकोमा प्रेमदेव गिरीलाई जगदम्बा-श्री पुरस्कारबाट सम्मानित गरिने भएको छ ।

यसअघि ६ साउनमा ‘मदन पुरस्कार–२०८१’ का लागि सात कृति छनोट भएका थिए ।

मदन पुरस्कार गुठीले पुरस्कारका लागि प्राप्त २९९ पुस्तकहरूबाट उत्कृष्ट सातको संक्षिप्त सूची सार्वजनिक गरेको थियो ।

अन्तिम सातमा छनोट भएका कृतिहरूमा कथा, कविता, यात्रा संस्मरणदेखि गैरआख्यानसम्मका पुस्तकहरू समेटिएका थिए । यीमध्ये यस वर्ष ‘उरमाल’ले बाजीफ मारेको हो ।

यी थिए अन्तिम छनोटमा परेका सात पुस्तक

उरमाल – छुदेन काविमो
छालबाटो : कैलाशदेखि गङ्गासम्म – रमेश भुसाल
दर्ज्यु संलाप – कुमारी लामा
पञ्चतत्त्वको पालाम – मनप्रसाद सुब्बा
बहुरुपी – श्रेयज सुवेदी
भिक्षु, व्यापार र विद्रोह – सुधीर शर्मा
हिउँको गीत – तीर्थ गुरुङ


प्रकाशित मिति : ६ भदौ २०८२, शुक्रबार  ६ : ०५ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको