बीपीका पालाको जस्तो कांग्रेस बनाउन म पार्टी सभापति बन्नै पर्ने अवस्था आयो : शशांक कोइराला « Khabarhub

बीपीका पालाको जस्तो कांग्रेस बनाउन म पार्टी सभापति बन्नै पर्ने अवस्था आयो : शशांक कोइराला


६ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशांक कोइरालाले बीपी कोइरालाका पालाको जस्तो कांग्रेस बनाउनका लागि आफू पार्टी सभापति बन्नै पर्ने अवस्था आएको बताएका छन् । 

नेपाली कांग्रेस धनुषा जिल्ला कार्यसमितिले जनकपुरमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीको १५ औँ महाधिवेशनमा सहयोगको अपेक्षा राखेको भन्दै सहयोग पाए नेपाली कांग्रेसका नेता कार्यकर्ताले खोजेको नेपाली कांग्रेस बनाएर छोड्ने घोषणा गरे । 

उनले भने, ‘मैले बीपी कोइरालाका पालाको जस्तो कांग्रेस बनाउन खोजेको छु । त्यही कारणले म नेपाली कांग्रेसको सभापति बन्न पर्छ । म लाखौ कमाउने मान्छे हो मैले  त्यो छोडेर राजनीतिमा आएको हो । मलाई कुनै लोभ छैन । म त नेपाली कांग्रेस बलियो बनाएर नेपाल र नेपालीको सेवाका लागि आएको हो । बीपी १४ वर्ष जेल बस्नुभयो । पिताजी कृष्णप्रसाद कोइरालाले जेलमा नै मृत्युवरण गर्नुभयो । कृष्णप्रसाद कोइरालाको हजारौँ विगहf जमिन थियो । आफूलाई कुनै अपुग नभएको मान्छे नेपाल र नेपालीका लागि जेलमै मृत्युवरण गर्न तयार हुनुभयो । त्यही भएकाले भोलीका दिनमा महाधिवेशनमा मलाई तपाईँहरूको सहयोगको अपेक्षा राखेको छु । सहयोग गर्नुहोला म  तपाईँहरूले खोजेको कांग्रेस बनाएरै छाड्छु ।’

डा कोइरालाले बीपी कोइरालाका पालाको जस्तो कांग्रेस बनाउने केही आधारहरू पनि प्रस्तुत गरे । उनले नेपाली कांग्रेसको विधानलाई परिमार्जन गर्नुपर्नेदेखि पार्टीलाई एक ढिक्का बनाउने र नेता कार्यकर्ताहरूलाई न्याय दिलाउने आधार पनि प्रस्तुत गरे । 

उनले कांग्रेसको विधानमा भएको केही व्यवस्था गलत रहेको बताए । उनले पार्टी सभापतिको मात्र चुनाव गराउने व्यवस्था गरेर सभापतिलाई पूर्ण अधिकार दिएर काम गर्ने वातावरण बनाउनुपर्ने बताए । 

उनले हरेक पदमा चुनाव भएकाले पनि गुट उपगुट बनेका भन्दै सभापतिको मात्र चुनाव गराएर सो कार्यकाल सभापतिलाई पूर्ण रूपमा पार्टी चलाउन दिनुपर्ने प्रस्ताव गरे । 

उनले भने, ‘बीपी कोइरालाका पालाको विधान कस्तो थियो । समावेशी शब्द उहाँले कहिल्यै प्रयोग गर्नुभएन । मन्त्री बनाउँदाको समावेशिता हेरौँ केन्द्रीय समिति बनाउँदाको समावेशिता हेरौँ । विधानमा लखेर मात्र हुन्छ त नेता व्यवहारिक भयो स्वार्थी भएन भने किन विधान चाहियो ।’

डा कोइरालाले चुनावका बेलामा टिकट वितरण गर्दा केन्द्रीयकरण गर्न नहुने बताए । उनले केन्द्रका २०–३० जना प्रभावशाली नेताहरूले भाग लगाएर टिकट वितरण गर्दा समस्या भएको उल्लेख गरे । 

उनले टिकट दिने बेलामा पार्टीको तल्लो तहको रिपोर्टका आधारमा टिकट दिनुपर्ने बताए । कोइरालाले भने, ‘जिल्ला सभापति पालिका सभापति क्षेत्रीय सभापति वडा सभापति छन् । उनीहरूको सुझाव लिएर निर्णय गरौँ । पार्टीको संरचनालाई परिचालन गरौँ किन केन्द्रीयकरण गरेर सबै जस अपजस आफ्नो थाप्लामा लिने ? तल्लो तहमा अधिकार दिएर पार्टीका तल्लै तहदेखि बलियो बनाउने तर्फ लाग्न जरुरी छ । पार्टीका तल्ला निकाय बलिया भएमा केन्द्र बलियो हुन्छ । अनि कांग्रेस नै बलियो बन्छ । नेतृत्वमा बस्नेहरूले मेरो कि तेरो मान्छे भनेर बन्न हुन्न । यसो भन्ने बित्तिकै पार्टी भित्रको एकता समाप्त हुन्छ ।’

डा कोइरालाले भातृसंगठनहरुको अवस्था दर्दनाक भएको हजार जना क्रियाशील भएको वडामा कांग्रेसलाई २ सय पनि मुस्किलले भोट आउने अवस्था भएकाले पनि सभापतिलाई बलियो बनाउन आवश्यक रहेको बताए । 

मेरो तेरो नभनी योग्य मान्छेलाई टिकट दिनुपर्ने भन्दै योगदान गरेको मान्छे चुनाव लड्ने योग्य हुँदैन भने उसको योगदानको अर्को बाटो खोजेर कदर गर्नुपर्ने पर्ने पनि कोइरालाको भनाई थियो । उनले पैसा नहुने तर योग्य मान्छे भए पार्टीले सहयोग गरेर चुनाव लडाउनुपर्ने बताए । 

कोइरालाले नेपाली कांग्रेसको एकता महत्त्वपूर्ण भएको भन्दै कांग्रेस एक भए कहिल्यै पनि दोस्रो हुन नपर्ने स्पष्ट पारे । उनले भने, ‘हाम्रो इतिहास छ हाम्रो विचार छ । हाम्रा नीति तथा कार्यक्रम बलिया छन् । हामीले थालेको विकासका योजना बलिया छन् । २०४८ सालमा ७ हजार किलोमिटर कालोपत्रे सडक थिए । आज २ लाख किलोमिटर भएको छ यो कांग्रेसको थालेको विकासका योजना बलिया छन् भन्ने हो । एउटा विश्वविद्यालयबाट आज २० वटा पुगेका छन् । एउटा मेडिकल कलेज थियो आज ३० वटा पुगेका छन् । हवाई कम्पनीको विकास हेर्नुस् मोबाइल हेर्नुस् । कांग्रेस भनेको परिवर्तनको पक्षमा रहने जनताको पक्षमा रहने विचार हो भनेर हामीले किन भन्दैनौ ।’ 

उनले कांग्रेसको जग नै मधेश भएकाले अब कांग्रेसले मधेशलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताए । उनले मधेशमा कांग्रेस छिन्न भिन्न भएको अवस्थामा कांग्रेस बलियो नहुने बताए । 

उनले भने, ‘मधेशमा हामीले किन फोकस गर्न सकिरहेका छैनौ । कांग्रेस किन स्खलित हुँदै गएको छ । कांग्रेसको जग नै मधेश हो अब कांग्रेसले मधेशलाई केन्द्रमा राखेर फोकस गर्दछ । कांग्रेसको सुरुवाती नै मधेश हो । बीपी कोइराला नै मधेशको हो । मधेशमा कांग्रेस बलियो भयो भने मात्र कांग्रेस बलियो हुन्छ कांग्रेसको एकल सरकार पनि बन्छ ।’

कोइरालाले चुनावमा अन्य पार्टीसँग गठबन्धन गर्नुपर्छ भन्ने कुराको आफू विरोधी भएको बताए । उनले गठबन्धन गरेर चुनावमा साथी खोज्ने हो भने पार्टी किन चलाउने भनी प्रश्न गर्दै भने, ‘गठबन्धन गरेर चुनावमा साथी खोज्ने हो भने पार्टी किन चलाउने ? सबैभन्दा पहिला कांग्रेसलाई बलियो बनाऔँ । हामी मनै देखि एकजुट भए कसैले पनि हराउन सक्दैन मैले बारम्बार भनेको छु । हामी हृदयदेखि नै एक हुनुपर्छ । टिकट एक जनाले पाउँछ बाँकी सबै हराउन लागेर कांग्रेस बलियो बन्छ ।’

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  ६ : ३३ बजे

डीएनए विश्लेषणदेखि शव व्यवस्थापनमा विदेशी सहयोग माग्दै सरकार

काठमाडौं- सुरुङमा फसेका व्यक्तिको खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारले मित्रराष्ट्रहरूसँग

बाढीपीडितलाई एक्सपर्ट फाउन्डेशनको २० लाख सहयोग

काठमाडौं- रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार,

बाढीपीडितलाई पाँच लाख ५१ हजार सहयोग

मुस्ताङ- रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि मुस्ताङको

शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले गुणस्तरीय शिक्षा सुधारका लागि

उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने

हेटौँडा- भोटेकोशी बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका व्यक्ति तथा पहिचान भएका