गर्मीका कारण श्रमिकको ज्यान जोखिममा : संयुक्त राष्ट्रसंघ « Khabarhub

गर्मीका कारण श्रमिकको ज्यान जोखिममा : संयुक्त राष्ट्रसंघ


६ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जेनेभा– विश्वव्यापी तापक्रम लगातार बढ्दै जाँदा श्रमिकहरूको स्वास्थ्य र काम गर्ने क्षमतामा गम्भीर असर परेको संयुक्त राष्ट्रसंघले जनाएको छ । 

संयुक्त राष्ट्रसंघका स्वास्थ्य र मौसम विज्ञान निकायहरूले सरकार, रोजगारदाता र स्वास्थ्य संस्थाहरूलाई श्रमिकलाई गर्मीको जोखिमबाट जोगाउन तत्काल र ठोस कदम चाल्न आह्वान गरेका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र विश्व मौसम विज्ञान संगठन (डब्लुएमओ) ले अत्यधिक गर्मीले बाहिर र भित्र दुवै स्थानमा काम गर्ने श्रमिकलाई असर पुर्‍याएको उल्लेख गर्दै, कृषि, निर्माण र मत्स्यपालन क्षेत्रका श्रमिकहरू सबैभन्दा बढी जोखिममा रहेको बताएका छन् ।

 उनीहरूको अनुसार, २० डिग्री सेल्सियसभन्दा माथि तापक्रम बढ्दै जाँदा प्रत्येक डिग्रीले श्रमिकको उत्पादकता दुई देखि तीन प्रतिशतसम्म घट्ने देखिएको छ । यसले डिहाइड्रेसन, मिर्गौला सम्बन्धी रोग जस्ता गम्भीर स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ ।

डब्लुएमओका उपमहासचिव को ब्यारेटका अनुसार अत्यधिक गर्मी अब केवल विषुववृत्त नजिकका देशहरूको मात्र समस्या रहेन, यो अब एक विश्वव्यापी सामाजिक चुनौती बनेको छ । श्रमिकलाई गर्मीबाट जोगाउनु केवल स्वास्थ्यको विषय होइन, आर्थिक आवश्यकता पनि हो ।

संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को अध्ययन अनुसार विश्वका ७१ प्रतिशत श्रमिक अत्यधिक गर्मीको जोखिममा छन्, जसबाट प्रत्येक वर्ष २२ लाखभन्दा बढी चोटपटक र झन्डै १९ हजार मृत्यु हुने गरेको छ ।

आईएलओका श्रम सुरक्षा प्रमुख जोआकिम पिन्टाडो नुनेसले भने, ‘यदि हामीले समयमै प्रभावकारी सुरक्षा र रोकथामका उपायहरूमा लगानी गर्‍यौँ भने विश्वले हरेक वर्ष अर्बौँ डलरको क्षति बचाउन सक्छ ।’

प्रतिवेदनमा विशेष गरी मध्य उमेर र वृद्ध श्रमिकहरू, दीर्घ रोगी र कमजोर शारीरिक क्षमताका व्यक्तिहरूलाई उच्च जोखिममा राखेर तिनीहरूको सुरक्षामा जोड दिनुपर्ने उल्लेख गरिएको छ ।

डब्लुएचओका वातावरण प्रमुख रुडिगर क्रेचले भने, ‘हामीले अन्तिमपटक कार्यस्थलमा गर्मीसम्बन्धी निर्देशन सन् १९६९ मा बनाएका थियौँ, तर अहिले जलवायु परिवर्तनको अवस्था निकै गम्भीर भइसकेको छ ।’ रासस

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  ६ : ४३ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्