गर्मीका कारण श्रमिकको ज्यान जोखिममा : संयुक्त राष्ट्रसंघ « Khabarhub

गर्मीका कारण श्रमिकको ज्यान जोखिममा : संयुक्त राष्ट्रसंघ


६ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जेनेभा– विश्वव्यापी तापक्रम लगातार बढ्दै जाँदा श्रमिकहरूको स्वास्थ्य र काम गर्ने क्षमतामा गम्भीर असर परेको संयुक्त राष्ट्रसंघले जनाएको छ । 

संयुक्त राष्ट्रसंघका स्वास्थ्य र मौसम विज्ञान निकायहरूले सरकार, रोजगारदाता र स्वास्थ्य संस्थाहरूलाई श्रमिकलाई गर्मीको जोखिमबाट जोगाउन तत्काल र ठोस कदम चाल्न आह्वान गरेका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र विश्व मौसम विज्ञान संगठन (डब्लुएमओ) ले अत्यधिक गर्मीले बाहिर र भित्र दुवै स्थानमा काम गर्ने श्रमिकलाई असर पुर्‍याएको उल्लेख गर्दै, कृषि, निर्माण र मत्स्यपालन क्षेत्रका श्रमिकहरू सबैभन्दा बढी जोखिममा रहेको बताएका छन् ।

 उनीहरूको अनुसार, २० डिग्री सेल्सियसभन्दा माथि तापक्रम बढ्दै जाँदा प्रत्येक डिग्रीले श्रमिकको उत्पादकता दुई देखि तीन प्रतिशतसम्म घट्ने देखिएको छ । यसले डिहाइड्रेसन, मिर्गौला सम्बन्धी रोग जस्ता गम्भीर स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ ।

डब्लुएमओका उपमहासचिव को ब्यारेटका अनुसार अत्यधिक गर्मी अब केवल विषुववृत्त नजिकका देशहरूको मात्र समस्या रहेन, यो अब एक विश्वव्यापी सामाजिक चुनौती बनेको छ । श्रमिकलाई गर्मीबाट जोगाउनु केवल स्वास्थ्यको विषय होइन, आर्थिक आवश्यकता पनि हो ।

संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को अध्ययन अनुसार विश्वका ७१ प्रतिशत श्रमिक अत्यधिक गर्मीको जोखिममा छन्, जसबाट प्रत्येक वर्ष २२ लाखभन्दा बढी चोटपटक र झन्डै १९ हजार मृत्यु हुने गरेको छ ।

आईएलओका श्रम सुरक्षा प्रमुख जोआकिम पिन्टाडो नुनेसले भने, ‘यदि हामीले समयमै प्रभावकारी सुरक्षा र रोकथामका उपायहरूमा लगानी गर्‍यौँ भने विश्वले हरेक वर्ष अर्बौँ डलरको क्षति बचाउन सक्छ ।’

प्रतिवेदनमा विशेष गरी मध्य उमेर र वृद्ध श्रमिकहरू, दीर्घ रोगी र कमजोर शारीरिक क्षमताका व्यक्तिहरूलाई उच्च जोखिममा राखेर तिनीहरूको सुरक्षामा जोड दिनुपर्ने उल्लेख गरिएको छ ।

डब्लुएचओका वातावरण प्रमुख रुडिगर क्रेचले भने, ‘हामीले अन्तिमपटक कार्यस्थलमा गर्मीसम्बन्धी निर्देशन सन् १९६९ मा बनाएका थियौँ, तर अहिले जलवायु परिवर्तनको अवस्था निकै गम्भीर भइसकेको छ ।’ रासस

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  ६ : ४३ बजे

शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौं : राष्ट्रपति

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले परिवर्तित सन्दर्भमा नवपुस्ता मात्र नभएर सबै

तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द

एजेन्सी– इरानले बिहीबार बिहान कुनै स्पष्ट कारण नखुलाई व्यावसायिक उडानहरूका

पाकिस्तानी जेलबाट २२१ जना अफगान कैदी रिहा

एजेन्सी– गत हप्ता पाकिस्तानी जेलबाट रिहा भएका २२१ जना अफगान

‘सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेनशील छ’

काठमाडौं– कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको

केन्द्रीय कार्यसमितिको निर्णय बोकेर निर्वाचन आयोगमा गगन-विश्वप्रकाश

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसका नेताहरू पार्टीको निर्णय अद्यावधिक