आयात ११ र निर्यात ९५ प्रतिशतले बढ्यो, डिजेललाई उछिन्यो सोयाबिन तेलले « Khabarhub

आयात ११ र निर्यात ९५ प्रतिशतले बढ्यो, डिजेललाई उछिन्यो सोयाबिन तेलले


६ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्षको साउन महिनामा नेपालको वैदेशिक व्यापार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ ।

भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार साउन महिनामा नेपालको वैदेशिक व्यापार गत आर्थिक वर्षको साउन महिनाको तुलनामा १८.७५ प्रतिशतले बढेको हो ।

विभागको तथ्यांकअनुसार साउन महिनामा एक खर्ब ४३ अर्ब चार करोड ६ लाख ६९ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने २३ अर्ब ९३ करोड २४ लाख ४१ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । 

गत आर्थिक वर्षको सोही अवधिमा नेपालमा एक खर्ब २८ अर्ब ३७ करोड ७१ लाख २१ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको थियो भने १२ अर्ब २२ करोड ६१ लाख ४७ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो ।

गत आर्थिक वर्षको साउन महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा आयात ११.४२ प्रतिशत र निर्यात ९५.७५ प्रतिशतले वृद्धि भएको विभागको तथ्यांकले देखाएको छ ।

साउन महिनामा सबैभन्दा धेरै मूल्यको सोयाबिन तेलको कच्चा पदार्थ आयात भएको छ । नेपालको आयातको शीर्ष स्थानमा सधैँ डिजेल रहने गरेकोमा साउनमा डिजेललाई पनि उछिनेर सोयाबिन तेलको कच्चापदार्थ आयात भएको हो । साउनमा १० अर्ब ८० करोड ९५ लाख ७० हजार रुपैयाँको सोयाबिनको कच्चापदार्थ आयात भएको विभागको तथ्यांकले देखाएको छ ।

त्यस्तै, समीक्षा अवधिमा पाँच अर्ब ८८ करोड ७७ लाख ५९ हजार रुपैयाँ बराबरको डिजेल र पाँच अर्ब ७७ करोड १४ लाख ४० हजार रुपैयाँको पेट्रोल आयात भएको छ ।

साथै, साउन महिनामा नेपालबाट १० अर्ब ६९ करोड ५८ करोड ४० लाख रुपैयाँको सोयाबिन तेलको कच्चा पदार्थ तथा तेल र ८२ करोड पाँच लाख १७ हजार रुपैयाँ बराबरको कार्पेट तथा टेक्सटाइल निर्यात भएको छ ।

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  ७ : ०५ बजे

चिनियाँ अधिकृत ली लेयाङ : केरुङ आएको चार दिनमै बाढीमा परिन्, बुवाआमालाई बेइजिङ घुमाउने सपना अधुरै

काठमाडौं– चीन–नेपाल सीमास्थित भोटेकोशी नदीमा गत भदौ १० गते बिहान

साउदीलाई हराउँदै एसीसी प्रिमियर कपको सेमिफाइनलमा पुग्यो नेपाल

काठमाडौं- साउदी अरेबियालाई ५ विकेटले पराजित गर्दै नेपाल एसीसी प्रिमियर

बर्खासँगै काठमाडौं उपत्यकामा पहिरोको जोखिम बढ्यो (तस्बिरहरू)

काठमाडौं– बर्खायामसँगै काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा पहिरोको जोखिम बढेको छ।

सिडियोलाई गृहको पत्राचार : ऋण असुल्ने नाममा गैरकानुनी प्रक्रिया अपनाउनेलाई कानुनी कारबाही गर्नु

काठमाडौं– गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय (सिडिओ)लाई पत्र लेख्दै ऋण

चिलिमे सुरुङमा पुगे सांसदद्वय सागर र श्रीराम, ‘ब्लास्ट’ गरेर बाटो खोल्न सेनालाई सुझाव

रसुवा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा इन्जिनियर सागर