आयात ११ र निर्यात ९५ प्रतिशतले बढ्यो, डिजेललाई उछिन्यो सोयाबिन तेलले « Khabarhub

आयात ११ र निर्यात ९५ प्रतिशतले बढ्यो, डिजेललाई उछिन्यो सोयाबिन तेलले


६ भदौ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चालु आर्थिक वर्षको साउन महिनामा नेपालको वैदेशिक व्यापार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ ।

भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार साउन महिनामा नेपालको वैदेशिक व्यापार गत आर्थिक वर्षको साउन महिनाको तुलनामा १८.७५ प्रतिशतले बढेको हो ।

विभागको तथ्यांकअनुसार साउन महिनामा एक खर्ब ४३ अर्ब चार करोड ६ लाख ६९ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने २३ अर्ब ९३ करोड २४ लाख ४१ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । 

गत आर्थिक वर्षको सोही अवधिमा नेपालमा एक खर्ब २८ अर्ब ३७ करोड ७१ लाख २१ हजार रुपैयाँ बराबरको वस्तु आयात भएको थियो भने १२ अर्ब २२ करोड ६१ लाख ४७ हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको थियो ।

गत आर्थिक वर्षको साउन महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा आयात ११.४२ प्रतिशत र निर्यात ९५.७५ प्रतिशतले वृद्धि भएको विभागको तथ्यांकले देखाएको छ ।

साउन महिनामा सबैभन्दा धेरै मूल्यको सोयाबिन तेलको कच्चा पदार्थ आयात भएको छ । नेपालको आयातको शीर्ष स्थानमा सधैँ डिजेल रहने गरेकोमा साउनमा डिजेललाई पनि उछिनेर सोयाबिन तेलको कच्चापदार्थ आयात भएको हो । साउनमा १० अर्ब ८० करोड ९५ लाख ७० हजार रुपैयाँको सोयाबिनको कच्चापदार्थ आयात भएको विभागको तथ्यांकले देखाएको छ ।

त्यस्तै, समीक्षा अवधिमा पाँच अर्ब ८८ करोड ७७ लाख ५९ हजार रुपैयाँ बराबरको डिजेल र पाँच अर्ब ७७ करोड १४ लाख ४० हजार रुपैयाँको पेट्रोल आयात भएको छ ।

साथै, साउन महिनामा नेपालबाट १० अर्ब ६९ करोड ५८ करोड ४० लाख रुपैयाँको सोयाबिन तेलको कच्चा पदार्थ तथा तेल र ८२ करोड पाँच लाख १७ हजार रुपैयाँ बराबरको कार्पेट तथा टेक्सटाइल निर्यात भएको छ ।

प्रकाशित मिति : ६ भदौ २०८२, शुक्रबार  ७ : ०५ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको