पाकिस्तान शाहिन्ससँग १ रनले हार्‍यो नेपाल « Khabarhub

पाकिस्तान शाहिन्ससँग १ रनले हार्‍यो नेपाल


६ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अस्ट्रेलियामा जारी टप एण्ड ट्वान्टी–२० शृङ्खलाअन्तर्गत शुक्रबार भएको खेलमा पाकिस्तान शाहिन्ससँग नेपाल १ रनले पराजित भएको छ ।

अष्ट्रेलियाको डार्विनस्थित मरारा क्रिकेट मैदान–२ मा भएको खेलमा पाकिस्तान शाहिन्सले टस जितेर पहिला ब्याटिङ रोजेको थियो ।

उसले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै दिएको एक सय ४४ रनको लक्ष्य पछ्याएको नेपाल ७ विकेट गुमाउँदै १४३ रनमा समेटियो।

जितनजिक पुगिसकेको अवस्थामा नेपाल अन्तिम ओभरमा लड्खडायो । अन्तिममा २ विकेट गुमाएपछि नेपालले पराजय भोग्यो। नेपालका लागि कप्तान रोहित पौडेलले ५२ रनको अर्धशतकीय पारी खेले । उनले ४४ बलमा ६ चौका र १ छक्का हाने ।

उता दीपेन्द्रसिंह ऐरी ४१ रनमा रनआउट रहे। दीपेन्द्रले २१ बलमा २ चौका र १ छक्का हाने। अन्तिम बलमा दीपेन्द्र रनआउट हुँदा नेपालले यो सिरिजमा चौथो हार सामना गर्‍यो ।

नेपालका लागि आशिफ शेखले २७ रनको योगदान दिए । अन्यको स्कोर सम्झिनलायक रहेन ।

जित निकालेको साहिन्साका लागि कप्तान इरफान खान ४२ रन बनाउँदै नटआउट रहे । उता अब्दुल समदले २६ रन बनाए । मोहम्मद वसिमले २४ रन बनाए ।

ओपनर यासिर खानले १८ रन जोडे। साहिन्सालाई सस्तैमा रोक्ने क्रममा नेपालका सोमपाल कामीले ३ विकेट झारे। 

दीपेन्द्रसिंह ऐरीले समान दुई/दुई विकेट लिँदा कुशल भुर्तेलले एक विकेट झारे । यससँगै ६ खेल खेलेको नेपालले चार खेलमा हार र दुई खेलमा जित हासिल गरेको छ ।

नेपालले नर्दर्न टेरिटोरी स्ट्राइकरसँग ४२, बङ्गलादेश ‘ए’ सँग ३२ र मलेबर्न स्टार्स एकेडेमीसँग ३१ रनले पराजित भएको  थियो  ।

त्यस्तै नेपालले होबर्ट हुरिक्यान्स एकेडेमीविरुद्ध ६६ र मेलबर्न रेनेगेड्स एकेडेमीविरुद्ध ३३ रनको जित निकालेको थियो ।

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  ६ : ४९ बजे

अमेरिकासँग वार्ता भएको छैन, ‘विश्वसनीय सैन्य धम्की’ का कारण ट्रम्प पछि हटे : इरान

काठमाडौं- अमेरिकासँग कुनै वार्ता नभएको इरानले प्रष्ट्याएको छ । इरानको

कांग्रेसको १५ औँ महाधिवेशनमा आगामी भदौ तेस्रो साता गर्ने तयारी

काठमाडौं- चुनावी पराजयसँगै संकटमा परेको नेपाली कांग्रेसको १५ औँ नियमित

उद्योग वाणिज्य महासंघको निर्वाचनका लागि अञ्जन समूहद्वारा प्यानल घोषणा 

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघको आसन्न ६०औँ वार्षिक साधारणसभा तथा

लुम्बिनी–बुटवल–देवदह–भैरहवामा धम्मयात्रा हुँदै

भैरहवा– लुम्बिनी केन्द्रित ‘५०० कुलपुत्र प्रव्रज्या’ कार्यक्रमअन्तर्गत लुम्बिनी, बुटवल, देवदह

विद्युत् सर्ट भएर आगलागी हुँदा तीन घर जलेर नष्ट

राजविराज– यहाँको हनुमाननगर कंकालिनी नगरपालिका–६ अण्डिपट्टीमा आज आगलागी हुँदा तीन