पाकिस्तान शाहिन्ससँग १ रनले हार्‍यो नेपाल « Khabarhub

पाकिस्तान शाहिन्ससँग १ रनले हार्‍यो नेपाल


६ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अस्ट्रेलियामा जारी टप एण्ड ट्वान्टी–२० शृङ्खलाअन्तर्गत शुक्रबार भएको खेलमा पाकिस्तान शाहिन्ससँग नेपाल १ रनले पराजित भएको छ ।

अष्ट्रेलियाको डार्विनस्थित मरारा क्रिकेट मैदान–२ मा भएको खेलमा पाकिस्तान शाहिन्सले टस जितेर पहिला ब्याटिङ रोजेको थियो ।

उसले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै दिएको एक सय ४४ रनको लक्ष्य पछ्याएको नेपाल ७ विकेट गुमाउँदै १४३ रनमा समेटियो।

जितनजिक पुगिसकेको अवस्थामा नेपाल अन्तिम ओभरमा लड्खडायो । अन्तिममा २ विकेट गुमाएपछि नेपालले पराजय भोग्यो। नेपालका लागि कप्तान रोहित पौडेलले ५२ रनको अर्धशतकीय पारी खेले । उनले ४४ बलमा ६ चौका र १ छक्का हाने ।

उता दीपेन्द्रसिंह ऐरी ४१ रनमा रनआउट रहे। दीपेन्द्रले २१ बलमा २ चौका र १ छक्का हाने। अन्तिम बलमा दीपेन्द्र रनआउट हुँदा नेपालले यो सिरिजमा चौथो हार सामना गर्‍यो ।

नेपालका लागि आशिफ शेखले २७ रनको योगदान दिए । अन्यको स्कोर सम्झिनलायक रहेन ।

जित निकालेको साहिन्साका लागि कप्तान इरफान खान ४२ रन बनाउँदै नटआउट रहे । उता अब्दुल समदले २६ रन बनाए । मोहम्मद वसिमले २४ रन बनाए ।

ओपनर यासिर खानले १८ रन जोडे। साहिन्सालाई सस्तैमा रोक्ने क्रममा नेपालका सोमपाल कामीले ३ विकेट झारे। 

दीपेन्द्रसिंह ऐरीले समान दुई/दुई विकेट लिँदा कुशल भुर्तेलले एक विकेट झारे । यससँगै ६ खेल खेलेको नेपालले चार खेलमा हार र दुई खेलमा जित हासिल गरेको छ ।

नेपालले नर्दर्न टेरिटोरी स्ट्राइकरसँग ४२, बङ्गलादेश ‘ए’ सँग ३२ र मलेबर्न स्टार्स एकेडेमीसँग ३१ रनले पराजित भएको  थियो  ।

त्यस्तै नेपालले होबर्ट हुरिक्यान्स एकेडेमीविरुद्ध ६६ र मेलबर्न रेनेगेड्स एकेडेमीविरुद्ध ३३ रनको जित निकालेको थियो ।

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  ६ : ४९ बजे

शैक्षिक हडताल, उपत्यका स्कुलहरू बन्द (तस्बिरहरू)

काठमाडौं– नामै नसुनेका जनपक्षीय विद्यार्थी युनियन, नेपालले काठमाडौं उपत्यकामा शैक्षिक

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं– जेन-जी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय

जुम्लामा ठूली भैली सुरु

जुम्ला– कर्णालीको मौलिक पर्व संरक्षण गर्ने उद्देश्यले जुम्लामा ठूली भैली

मनमोहक तनहुँको ‘दुबुङ गाउँ’

तनहुँ–  विगतमा पुरानो क्षेत्र तनहुँको ऋषिङको विकट क्षेत्रको रुपमा परिचित

मेचीनगरका माध्यमिक विद्यालयमा लैङ्गिक हिंसाविरुद्ध अभियान

झापा– लैङ्गिक हिंसा रोकथामका लागि मेचीनगर नगरपालिकाले दश वटा माध्यमिक