राष्ट्रियसभाबाट नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक पारित « Khabarhub

राष्ट्रियसभाबाट नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक पारित


६ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक सर्वसम्मतिले पारित गरेको छ ।

राष्ट्रियसभाको आजको बैठकमा गृहमन्त्री रमेश लेखकले प्रस्तुत गरेको उक्त विधेयकलाई सभाले पारित गरेको हो । उक्त विधेयक राष्ट्रियसभाले पुनः सन्देशसहित प्रतिनिधिसभामा पठाउनेछ ।
 
विसं २०८१ माघ १५ गते गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभामा नागरिकता (दोस्रो संशोधन) विधेयक दर्ता गराएका थिए । उक्त विधेयक २०८२ साल असार १४ गते  प्रतिनिसिधाबाट पारित भएको थियो ।

त्यसअघि विधेयकमाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले आमाको नामबाट पनि नागरिकता पाउन सक्ने व्यावहारिक व्यवस्थालाई सुनिश्चित गरेको उल्लेख गरे  । 

गृहमन्त्री लेखकले भने, ‘हामीले ऐतिहासिक फड्को मारेका छौँ, यसको जस दुवै सदन र सांसद र सरोकारवालालाई जान्छ । सबैको साझा प्रयत्नले यो सम्भव भएको छ । विधेयकले आमा पनि वंश हो भनेर व्यावहारिक रूपमा सुनिश्चित गरेको छ । कानुनको अभावका कारण आमाको नामबाट नागरिकता दिन सक्ने अवस्था थिएन । अब आमाको नामबाट वंशजको नागरिकता प्राप्त गर्न सकिनेछ ।’

नेपालको संविधानको व्यवस्था अनुरूप कुनै पनि नागरिकलाई नागरिकताप्राप्त गर्नबाट वञ्चित नगर्ने भन्ने भावनाका साथ विधेयक ल्याइएको उनले उल्लेख गरे ।

उनले विधेयकलाई थप उन्नत, वैज्ञानिक र व्यावहारिक र सरलीकृत गरेर पारित गरेकामा सभालाई धन्यवाद दिए ।

विधेयकमाथिको छलफलमा सांसदहरू कृष्णबहादुर रोकाया, रेनु चन्द, गोपाल भट्टराई, पूजा चौधरी, मायाप्रसाद शर्मा, पदबबहादुर परियार, बिष्णुबहादुर विश्वकर्मा र सुरेश आलेमगर सहभागी भएका थिए ।

संवैधानिक व्यवस्थाअनुसार आम नेपाली नागरिकलाई नागरिकता प्राप्तिबाट वञ्चित नहोस् भन्ने उद्देश्यले विधेयक ल्याइएको हो । नयाँ व्यवस्थाअनुसार आमा वा बाबुको नाम राखेर सन्तानले नागरिकताको प्रमाणपत्र प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  ६ : ५२ बजे

चिनियाँ र रुसी राष्ट्रपतिबीच वार्ता, कस्तो छ दुई नेताको सम्बन्ध?

बेइजिङ – चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर

नीति र कार्यक्रमको आलोकमा ऊर्जा क्षेत्रले आगामी बजेटमा खोजेको ‘डिपार्चर’

काठमाडौँ- मुलुकको आर्थिक समृद्धिको प्रमुख आधार स्तम्भको रुपमा हेरिएको ऊर्जा

केही भूभागमा वर्षाको सम्भावना, सुदूरपश्चिम र लुम्बिनीको तराई क्षेत्रमा तपक्रम बढ्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मुस्ताङमा पहिलो पटक एआई ड्रोन प्रविधिद्वारा वन गस्ती गरिँदै

मुस्ताङ– मुस्ताङमा एआई ड्रोन प्रविधिद्वारा वन गस्ती सुरु गरिएको छ

आईपीएल: वैभव सूर्यवंशीको ९३ रनको मद्दतमा राजस्थानको सानदार जित

जयपुर — युवा ब्याट्सम्यान वैभव सूर्यवंशीको विष्फोटक इनिङ्सको मद्दतले राजस्थान