सङ्खुवासभालाई ऊर्जाको राजधानी बनाउनुपर्छ : मन्त्री खड्का « Khabarhub

सङ्खुवासभालाई ऊर्जाको राजधानी बनाउनुपर्छ : मन्त्री खड्का


६ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

खाँदबारी– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सङ्खुवासभालाई भौगोलिक सुन्दरताको पहिचान मात्र नभई ‘ऊर्जाको राजधानी’ बनाउनुपर्ने आवश्यकता औँल्याएका छन् ।

आज खाँदबारी नगरपालिकाले आयोजना गरेको ‘प्राविधिक तथा व्यावसायिक शिक्षाको आवश्यकता र औचित्य’ विषयक कार्यक्रममा उनले अपर अरुण जलविद्युत् आयोजनामा सङ्खुवासभावासीको प्रत्यक्ष सहभागितामा अघि बढाइने योजना रहेको बताए ।

मन्त्री खड्काका अनुसार जिल्लाका करिब ४० हजार घरपरिवारलाई प्रतिघर पाँच लाख रुपैयाँका दरले सेयर उपलब्ध गराइने जानकारी दिए। आयोजना निर्माण ५० प्रतिशत पुगेपछि सेयर निष्कासन सुरु गर्ने तयारी गरिएको उनले बताए ।

‘यो आयोजना बिजुली उत्पादनमा मात्र सीमित छैन, यसले यहाँका जनतालाई आर्थिक रूपमा सबल बनाउन ठूलो योगदान गर्नेछ’, उनले भने । विपन्न वर्गलाई समेत सहभागी गराउने उद्देश्यसहित करिब १२ देखि १५ प्रतिशत नागरिकलाई बैंकमार्फत निःशुल्क ऋण उपलब्ध गराइने उनले बताए ।

अपर अरुण नेपालकै महत्वाकाङ्क्षी जलविद्युत् आयोजनामध्ये एक हो । यसले उत्पादन गर्ने विद्युत् मात्र होइन, आयोजनामा स्थानीयको प्रत्यक्ष सहभागिताले पनि प्रदेश र देशको अर्थतन्त्र बलियो बनाउने अपेक्षा गरिएको छ । रासस

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  ७ : १३ बजे

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज १३ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स