समाचारका विषयमा ५१ प्रतिशत महिलाले स्थान पाउनुपर्छ : अध्यक्ष झा « Khabarhub

समाचारका विषयमा ५१ प्रतिशत महिलाले स्थान पाउनुपर्छ : अध्यक्ष झा


६ भदौ २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले नेपालमा ५१ प्रतिशत महिलाको जनसङ्ख्या भएको हुँदा सोहीअनुसार समाचारका विषयवस्तुमा स्थान पाउनुपर्ने बताएका छन् ।

नेपाल पत्रकार महासङ्घ रासस शाखाद्वारा शुक्रबार आयोजित ‘एजेन्सी पत्रकारिता: महिलाका मुद्दा’ विषयक कार्यक्रममा अध्यक्ष झाले जनसङ्ख्याका आधारमा समाचारका विषयवस्तुमा उचित स्थान दिनुपर्ने बताए ।

‘विश्वका धेरै समाचार समितिहरूले समाचारमा महिला र पुरुषका विषयहरू हाराहारीमै हुने गरेको देखिन्छ, भोग्ने व्यक्तिको अनुभूति र देख्ने व्यक्तिको अनुभूति फरक हुन्छ’, अध्यक्ष झाले भने, ‘भोग्ने व्यक्तिले नै विषयवस्तु उत्पादन गर्नुपर्छ, राससमा उत्पादन गर्ने सामग्रीमा पनि महिला र पुरुषका विषयवस्तुहरू बराबरी खालको उत्पादनमा ध्यान दिनुपर्ने जरुरी छ ।’

महासङ्घको रासस शाखाले विश्वका समाचार समिति र राससमा कस्ता खालका मुद्दाहरू कस्तो उठ्ने गरेको छ भनेर अध्ययन गर्दा उपयुक्त हुने सुझाव दिँदै उनले थपे, ‘नेपालको राजनीतिमा आबद्ध महिलाको विषयवस्तु अलि बढी आउने गरेको छ तर अन्य धेरै क्षेत्रमा महिलाहरूले राम्रोसँग काम गरिरहेको छ, ती समाचार पनि आउनुपर्छ ।’

राससका महाप्रबन्धक सन्दीप राईले महिला समावेशीकरणका विषयलाई उच्च  प्राथमिकताका साथ समाचार दिइने र महिला सहभागिताको विषयलाई स्थान दिन जरुरी भएको बताए । महासङ्घ राससका शाखाका उपाध्यक्ष अभिलाषा पोखरेलले महिला कर्मचारीको वृत्ति विकासमा ध्यान दिनुपर्नेमा जोड दिइन् । 

प्रकाशित मिति : ६ भदौ २०८२, शुक्रबार  ७ : २१ बजे

राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु

काठमाडौँ– नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय

कालीगण्डकीमाथि बञ्जीको मज्जा (तस्बिर)

बागलुङ– अजङ्गको भीरमा फलामका लठ्ठा तानेर बनाइएको पुल ! देख्दै

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम

फूलको आयातमा रोक लगाउन प्रशासनसँग माग

झापा– फूलको व्यावसायिक खेती गरिरहेका झापाका किसानहरूले स्वदेशी सयपत्री फूलले