समाचारका विषयमा ५१ प्रतिशत महिलाले स्थान पाउनुपर्छ : अध्यक्ष झा « Khabarhub

समाचारका विषयमा ५१ प्रतिशत महिलाले स्थान पाउनुपर्छ : अध्यक्ष झा


६ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले नेपालमा ५१ प्रतिशत महिलाको जनसङ्ख्या भएको हुँदा सोहीअनुसार समाचारका विषयवस्तुमा स्थान पाउनुपर्ने बताएका छन् ।

नेपाल पत्रकार महासङ्घ रासस शाखाद्वारा शुक्रबार आयोजित ‘एजेन्सी पत्रकारिता: महिलाका मुद्दा’ विषयक कार्यक्रममा अध्यक्ष झाले जनसङ्ख्याका आधारमा समाचारका विषयवस्तुमा उचित स्थान दिनुपर्ने बताए ।

‘विश्वका धेरै समाचार समितिहरूले समाचारमा महिला र पुरुषका विषयहरू हाराहारीमै हुने गरेको देखिन्छ, भोग्ने व्यक्तिको अनुभूति र देख्ने व्यक्तिको अनुभूति फरक हुन्छ’, अध्यक्ष झाले भने, ‘भोग्ने व्यक्तिले नै विषयवस्तु उत्पादन गर्नुपर्छ, राससमा उत्पादन गर्ने सामग्रीमा पनि महिला र पुरुषका विषयवस्तुहरू बराबरी खालको उत्पादनमा ध्यान दिनुपर्ने जरुरी छ ।’

महासङ्घको रासस शाखाले विश्वका समाचार समिति र राससमा कस्ता खालका मुद्दाहरू कस्तो उठ्ने गरेको छ भनेर अध्ययन गर्दा उपयुक्त हुने सुझाव दिँदै उनले थपे, ‘नेपालको राजनीतिमा आबद्ध महिलाको विषयवस्तु अलि बढी आउने गरेको छ तर अन्य धेरै क्षेत्रमा महिलाहरूले राम्रोसँग काम गरिरहेको छ, ती समाचार पनि आउनुपर्छ ।’

राससका महाप्रबन्धक सन्दीप राईले महिला समावेशीकरणका विषयलाई उच्च  प्राथमिकताका साथ समाचार दिइने र महिला सहभागिताको विषयलाई स्थान दिन जरुरी भएको बताए । महासङ्घ राससका शाखाका उपाध्यक्ष अभिलाषा पोखरेलले महिला कर्मचारीको वृत्ति विकासमा ध्यान दिनुपर्नेमा जोड दिइन् । 

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  ७ : २१ बजे

डीएनए विश्लेषणदेखि शव व्यवस्थापनमा विदेशी सहयोग माग्दै सरकार

काठमाडौं- सुरुङमा फसेका व्यक्तिको खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारले मित्रराष्ट्रहरूसँग

बाढीपीडितलाई एक्सपर्ट फाउन्डेशनको २० लाख सहयोग

काठमाडौं- रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार,

बाढीपीडितलाई पाँच लाख ५१ हजार सहयोग

मुस्ताङ- रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि मुस्ताङको

शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले गुणस्तरीय शिक्षा सुधारका लागि

उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने

हेटौँडा- भोटेकोशी बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका व्यक्ति तथा पहिचान भएका