प्रचण्डले भने : उत्पीडित वर्गको अधिकारका लागि सङ्घर्ष जारी छ « Khabarhub

प्रचण्डले भने : उत्पीडित वर्गको अधिकारका लागि सङ्घर्ष जारी छ


६ भाद्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

लमजुङ – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्षकमल दाहाल ‘प्रचण्ड’ले उत्पीडित सबै वर्ग जातिको अधिकारका लागि आफ्नो पार्टीले लडिरहने बताएका छन् । आज लमजुङ बेँसीसहर नगरपालिका–७ मा तामाङ सांस्कृतिक भवन तथा सङ्ग्राहालयको उद्घाटन कार्यक्रममा उनले समाजको तल्लो तहका जनताको पक्षमा निरन्तर लागिरहने बताए ।

अध्यक्ष दाहालले भने, “सबै उत्पीडित वर्ग, जाति, समुदायले जुन स्तरको पहिचान र अधिकार पाउनुपर्ने हो, संविधानमा हामीले त्यो ठाउँमा पुर्याउन सकेनौँ । हामी कहीँ न कहीँ केही न केही विषयमा सम्झौता गरेर जानुपर्ने थियो । र हामीले त्यतिबेलै भनेका थियौँ सहमतिमै संविधानसभा घोषणा गरिए पनि सो वर्ग र जातिका हक, अधिकार पूर्ण रूपमा प्राप्त नहुञ्जेलसम्म हाम्रो आन्दोलन जारी रहन्छ ।”

अध्यक्ष दाहालले तराई र मध्यपहाडी लोकमार्गमा अभियान सञ्चालन गरेर कास्कीमा आइपुगेर रोकेको उल्लेख गर्दै यही महिनाको तेस्रो हप्तादेखि पुनः अभियान सुरु गरिने बताए ।

तामाङ सांस्कृतिक भवन तथा सङ्ग्रहालयका रूपमा नवनिर्मित भवन उद्घाटनसँगै लमजुङमा तामाङ समुदायको हकहित स्थापित गर्न र जनजातिका पक्षमा देशभर बलियो सन्देश प्रवाह गर्न सफल भएको उनले बताए ।

माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ, केन्द्रीय सदस्य मधुमाया अधिकारी, प्रतिनिधिसभा सदस्य उर्मिला माझीलगायतले तामाङ समुदायको हकहितका निम्ति सबैले आवाज उठाउनुपर्ने बताए । सङ्घीय सरकारको रु ६९ लाखको बजेटमा सो तामाङ सांस्कृतिक तथा सङ्ग्राहालय भवन निर्माण भएको नेपाल तामाङ घेदुङका अध्यक्ष होमराज तामाङले बताए ।

प्रकाशित मिति : ६ भाद्र २०८२, शुक्रबार  १० : ०३ बजे

डीएनए विश्लेषणदेखि शव व्यवस्थापनमा विदेशी सहयोग माग्दै सरकार

काठमाडौं- सुरुङमा फसेका व्यक्तिको खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सरकारले मित्रराष्ट्रहरूसँग

बाढीपीडितलाई एक्सपर्ट फाउन्डेशनको २० लाख सहयोग

काठमाडौं- रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार,

बाढीपीडितलाई पाँच लाख ५१ हजार सहयोग

मुस्ताङ- रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि मुस्ताङको

शिक्षा क्षेत्रमा समानुपातिक बजेट विनियोजन गरिन्छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले गुणस्तरीय शिक्षा सुधारका लागि

उद्धार गरिएका व्यक्ति र शव घरसम्म पुर्‍याउने खर्च प्रदेश सरकारले बेहोर्ने

हेटौँडा- भोटेकोशी बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका व्यक्ति तथा पहिचान भएका