एसिया कप : सुपर फोरमा भारतसँग पाकिस्तान पराजित, अभिषेकको सानदार ब्याटिङ « Khabarhub

एसिया कप : सुपर फोरमा भारतसँग पाकिस्तान पराजित, अभिषेकको सानदार ब्याटिङ


६ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


822
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एसिया कपको सुपर फोरमा भारतसँग पाकिस्तान पराजित भएको छ । गएराति यूएईमा भएको खेलमा पाकिस्तान ६ विकेटले पराजित भएको हो ।

सुरुमा ब्याटिङ गरेको पाकिस्तानले दिएको १७२ रनको लक्ष्य भारतले ७ बल बाँकी हुँदा चार विकेटको क्षतिमा हुँदा १७४ रन बनाउँदै पूरा गरेको हो । एसिया कपमा पाकिस्तान भारतसँग यो दोस्रो पटक पराजित भएको हो । यसअघि समूह चरणको खेलमासमेत पाकिस्तान भारतसँगै पराजित भएको थियो ।
आइतबार रातिको खेलमा भारतका लागि अभिषेक शर्माले सानदार अर्धशतकीय इनिङ खेले । ३९ बलको सामना गरेका उनले ६ चौका र पाँच छक्काको मद्दतमा ७४ रन बनाएका हुन् ।

उसका लागि शुभमन गिलले ४७ रन जोड्दा तिलक बर्माले ३० र सञ्जु श्यामसनले १३ रन थपे । भारतविरुद्ध पाकिस्तानका हरिस राउफले दुई विकेट हात पार्दा अब्राहम र फहम आस्रपले एकएक विकेट लिए ।

सुरुमा ब्याटिङ गरेको पाकिस्तानले पूरै २० ओभर खेल्दा पाँच विकेटको क्षतिमा १७१ रन बनाएको हो । पाकिस्तानका लागि साहिबजादा फरहानले अर्धशतक बनाए । ४५ बलको सामना गरेका उनले पाँच चौका र तीन छक्काको मद्दतमा ५८ रन जोडेका हुन् । उसका लागि सायम अउब र मोहमद नवाजले समान २१–२१ रन थपे ।

भारतको बलिङतर्फ चार ओभर बलिङ गरेका जसप्रित बुम्राह विकेटबिहीन बने । उसका लागि शिभव दुवेले दुई विकेट हात पार्दा कुलदीप यादव र हार्दिक पाण्ड्याले एकएक विकेट लिए । यो जितसँगै भारत सुपर फोरमा दुई अंक जोडेको छ ।
सुपर फोरको अघिल्लो खेलमा बंगलादेशले श्रीलंकालाई हराउँदै दुई अंक जोडेको छ ।

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार  ६ : १३ बजे

भारतीय तीर्थयात्रीको मृत्यु भएको दुर्घटनाबारे छानबिन गर्न समिति गठन

गोरखा – सात भारतीय तीर्थयात्रीको ज्यान जाने गरी गोरखामा भएको

के हो आइतबार आकाशमा देखिएको चम्किलो दृश्य ?

काठमाडौं – आइतबार साँझ नेपालका विभिन्न स्थानबाट आकाशमा देखिएको उज्यालो

साढे २२ करोड जरिवाना र ६ वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ

काठमाडौं– प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले काठमाडौंबाट एकजना फरार

पेट्रोल प्रतिलिटर १५ र डिजेल १० रुपैयाँले बढ्यो

काठमाडौँ – डिजेल र पेट्रोलको मूल्य बढेको छ । अन्तर्राष्ट्रिय

नवनिर्वाचित सांसदलाई रास्वपाले अभिमुखीकरण तालिम दिने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका