वेस्ट इन्डिजसँग सिरिज खेल्न राष्ट्रिय क्रिकेट टोलीले आज यूएई जाँदै « Khabarhub

वेस्ट इन्डिजसँग सिरिज खेल्न राष्ट्रिय क्रिकेट टोलीले आज यूएई जाँदै


६ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्व विजेता वेस्ट इन्डिजसँग टी–२० सिरिज खेल्न आज नेपाली क्रिकेटको राष्ट्रिय टोलीले संयुक्त अरब इमिरेट्स (यूएई) जाँदैछ ।

नेपाल क्रिकेट सङ्घ (क्यान)का प्रवक्ता छुमी लामाकाअनुसार नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रवेशाज्ञा पाएसँगै सोमबार यूएई प्रस्थानन गर्न लागेको हो ।

टोलीले यही असोज ११ देखि १४ गतेसम्म युनिटी कल टी–२० इन्टरनेशनल प्रतियोगितामा सहभागिता जनाउनेछ । नेपालले त्यहाँ वेस्ट इन्डिजसँग प्रतिस्पर्धा गर्ने जनाइएको छ । शुक्रबार नै यूएई जाने तयारीमा रहेको नेपाली टोलीले प्रवेशाज्ञा नपाउँदा रोकिएको हो । आइतबार भिसा पाएसँगै नेपाली टोली आज यूएई जाने भएको हो ।

नेपालले यूएईमा वेस्ट इन्डिजसँग तीन खेलको टी–२० शृङ्खला खेल्नेछ । नेपाली टिमको नेतृत्व रोहित पौडेलले गरेका छन् । पहिलो खेल असोज ११ गते हुनेछ भने दोस्रो खेल १३ र अन्तिम अर्थात् फाइनल १४ गते हुँदैछ ।

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार  ६ : ३८ बजे

चिमखोलाका विद्यालयलाई ‘स्मार्ट बोर्ड’ सहयोग

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा रहेका सामुदायिक विद्यालयहरूलाई ‘स्मार्ट बोर्ड’

सरकारले सुशासन र पारदर्शितालाई व्यवहारमा रूपान्तरण गर्दैछ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयमुक्त वातावरणमा

चितवन-२ : रविले जिते फेरि चुनाव हुन्छ ? के छ कानूनी प्रावधान ?

काठमाडौं – फागुन २१ गतेको निर्वाचनमा विजयी हासिल गरेर राष्ट्रिय

सुनिताले गोविन्दालाई एक सर्तमा माफी दिने संकेत

काठमाडौं– बलिउड अभिनेता गोविन्दा र उनकी पत्नी सुनीता आहूजाको सम्बन्ध

मतदाता शिक्षा कार्यक्रममा स्थानीय तहले यसरी गर्दैछन् समन्वय

काठमाडौं– आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि मतदाता शिक्षालगायत कार्यक्रममा स्थानीय तहले