युनिटी कप अन्तर्राष्ट्रिय क्रिकेट : नेपाली टोली आज युएई जाँदै « Khabarhub

युनिटी कप अन्तर्राष्ट्रिय क्रिकेट : नेपाली टोली आज युएई जाँदै


६ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वेस्ट इन्डिजविरुद्ध हुने तीन खेलको युनिटी कप अन्तरराष्ट्रिय टी–ट्वान्टी शृङ्खला खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली आज संयुक्त अरब इमिरेट्स (युएई) प्रस्थान गर्ने भएको छ । प्रवेशाज्ञा पाएसँगै नेपाली टोली त्यसतर्फ जान लागेको हो ।  

जेन-जी प्रदर्शनका कारण युएईले नेपालीलाई पर्यटक भिसा र श्रम  भिसामा रोक लगाएको थियो । रोक लगाएपछि नेपाली क्रिकेट टोली युएई जान सकेको थिएन । नेपाल क्रिकेट सङघ (क्यान)को आग्रहपछि मात्र युएईले नेपाली टोलीलाई आइतबार प्रवेशाज्ञा दिएको थियो । 

क्यानका प्रवक्ता छुम्बी लामाले नेपाली टोली मङ्गलबारसम्म युएई पुगिसक्ने जानकारी दिए । नेपालले दुईपटकको विश्वकप विजेता वेस्ट इन्डिजविरुद्ध यही असोज ११, १३ र १४ गते युएईस्थित शारजाह क्रिकेट रङ्गशालामा खेल खेल्ने तय भएको छ ।  

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार  १२ : २८ बजे

कांग्रेस केन्द्रीय सदस्यमा ‘जोगिन्दर पानवाला’ को उम्मेदवारी, कला क्षेत्रका मुद्दा उठाउने दाबी

काठमाडौं– चर्चित हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर पानवाला’ अब मनोरञ्जनको

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ– नेकपा एमाले संसदीय दलको बैठक आज बस्दैछ । बैठक

कांग्रेसको महाधिवेशन उद्घाटन समारोहमा कुन कुन दलका नेता सहभागी हुँदैछन् ?

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज असोज

दसैँको रौनक : ‘परिवार’को ‘रातो टीका’ गीत सार्वजनिक

काठमाडौं– दसैँ नजिकिँदै गर्दा नेपाली फिल्म ‘परिवार’ ले पनि दर्शकलाई

कालीगण्डकीको बाढीले तहसनहस फोर्से बजार (तस्बिरहरू)

काठमाडौं– गत असोज ११ मा कालीगण्डकी नदीमा आएको बाढीका कारण