शिक्षामन्त्री भन्छन्- मलाई सुरक्षा चाहिँदैन, सेना र प्रहरीले नपछ्याए हुन्छ (भिडियोसहित) « Khabarhub

शिक्षामन्त्री भन्छन्- मलाई सुरक्षा चाहिँदैन, सेना र प्रहरीले नपछ्याए हुन्छ (भिडियोसहित)


६ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


747
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको पदभार ग्रहण गरेका छन्।

प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा बनेको मन्त्रिपरिषद्ले उनलाई युवाहरूको माग र देशव्यापी प्रदर्शनलाई ध्यानमा राखी नियुक्त गरेको हो।

सिंहदरबार पुगेर पदभार ग्रहण गरेपछि मन्तव्य दिँदै पुनले आफूलाई सरकारी क्वार्टर वा विशेष सुविधा आवश्यक नभएको स्पष्ट पारे।

उनले भने, ‘मलाई सरकारी क्वार्टर चाहिन्न। वीरगञ्जमा हुँदा कृषि औजार कारखानामै बसेँ, काठमाडौंमा हुँदा आविष्कार केन्द्रमै बसेँ। अब मन्त्री भएकाले मन्त्रालयमै एउटा कोठा, कुर्सी र टेबल मात्र चाहिन्छ। म आफैँ पकाएर खान्छु ।’

पुनले व्यक्तिगत सुरक्षा र गाडी सुविधा पनि अस्वीकार गरेका छन्। आफ्नो दैनिक गतिविधिमा सेना–प्रहरीको सुरक्षा पनि नचाहिने उनले बताए । ‘मलाई सुरक्षा आवश्यक छैन। सेना र प्रहरीका सुरक्षागार्डलाई पनि म बाहिर जाँदा नपछ्याउनु भनेको छु’, उनले भने, ‘मन्त्रालयमा हुँदा भने उनीहरू मैसँग हुनेछन् ।’

मन्त्रालयको कामका लागि आवागमनका गर्दा मात्रै सरकारी सवारी प्रयोग गर्ने उनले बताए । ‘म आफैँ पकाएर खान्छु, मलाई सुत्ने खाट र किचेन भए पुग्छ,’ उनले भने, ‘मेरो व्यक्तिगत काममा जाँदा सरकारी गाडी र सुरक्षा मलाई केही चाहिँदैन ।’

आफ्नो प्राथमिकता शिक्षा क्षेत्रमा पारदर्शिता र सुशासन कायम गर्ने रहेको उनले उल्लेख गरे। ‘जेन-जीहरूको माग भ्रष्टाचार हटाउने भन्ने थियो। हामीलाई सुशासन चाहिएको छ। शिक्षा मन्त्रालयमा पनि नाजायज काम भए हेरेर केही गरौँला,’ उनले भने।

नि:शुल्क शिक्षा कार्यान्वयन चुनौतीपूर्ण भएको उनले बताए । ‘हिमालको हिऊँ खनेर पैसा आउँदैन। नि:शुल्क शिक्षाका लागि स्रोत खोज्नुपर्छ’, उनले भने ।

पुनले आफू राजनीतिक महत्वाकांक्षाले होइन, युवाहरूको दबाब र सार्वजनिक आग्रहका कारण मन्त्री बनेको बताएका छन्। उनले स्पष्ट गरे, ‘६ महिनापछि मन्त्री छाडेर निस्किन्छु, यसमा कुनै अलमल छैन।’

उनको यस्तो घोषणालाई युवा पुस्ताले स्वागत गरेको छ। उनको यो सत्बचनले सरकारी प्रणालीमा सुधार गर्न सक्ने अपेक्षा पनि राखिएको छ।

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार  ४ : ३७ बजे

सजाय भुक्तान गरेर डिल्ली बजार जेलबाट छुटे दीपक मनाङे

काठमाडौं- गण्डकी प्रदेशका पूर्वसांसद एवम् मन्त्री दीपक मनाङे (राजीव गुरुङ)

थाइल्याण्डका ३०० भिक्षु लुम्बिनी–रामग्राम शान्ति पदयात्रामा

भैरहवा– लुम्बिनीबाट रामग्रामसम्म शान्ति, करुणा र धर्म अभ्यासको सन्देश फैलाउने

हर्कको छलाङ : असोजमा खोलेको ‘श्रम संस्कृति’ पाँच महिनामै राष्ट्रिय दल

काठमाडौं- धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले गत असोज १२ गते

लहानका डेन्टल क्लिनिक : चिकित्सकको नाम बोर्डमा, गैरचिकित्सकबाट उपचार

सिरहा– यहाँको लहानस्थित विभिन्न डेन्टल क्लिनिकहरूमा नेपाल मेडिकल काउन्सिलले बुधबार

एमएडब्ल्यू अर्थमुभर्सले ल्यायो जेसीबी थ्रिडीएक्स सुपरका लागि ‘बाइ ब्याक ग्यारेन्टी’ योजना

काठमाडौं– नेपालमा हेभी इक्विपमेन्ट ब्रान्ड जेसीबीको आधिकारिक बिक्रेता एमएडब्ल्यू अर्थमुभर्स अर्थमुभर्सले