दोस्रो पटक मन्त्रिपरिषद् विस्तार हुँदा यस्तो बन्यो वरीयताक्रम
प्रधानमन्त्री सुशीला कार्कीले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेकी छन्। भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त उनले सोमबार चारजना मन्त्रीहरूले शपथ दिलाएकी हुन्।

यससँगै कार्की नेतृत्वको अन्तरिम मन्त्रिपरिषद्मा ७ जना मन्त्री पुगेका छन् । उनले आफ्नो मन्त्रिपरिषद्लाई ११ सदस्यीय बनाउने योजना सुनाएकी छन्। दोस्रो पटक मन्त्रिपरिषद् विस्तार हुँदा वरीयताको दोस्रो नम्बरमा अर्थमन्त्री रामेश्वरप्रसाद खनाल कायमै छन् । दोस्रो वरीयतामा ऊर्जामन्त्री कुलमान घिसिङ र तेस्रो वरीयतामा गृहमन्त्री ओमप्रकाश अर्याल छन् । चौथो वरीयतामा उद्योगमन्त्रीमा नियुक्त सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हा आएका छन् ।
उता पाँचौ वरियतामा शिक्षामन्त्री महावीर पुनलाई राखिएको छ । छैटौँ वरीयतामा कृषिमन्त्री डा। मदनकुमार परियार र सातौँ वरीयतामा सञ्चारमन्त्री जगदीश खरेललाई राखिएको छ।
शिक्षामन्त्री भन्छन्- मलाई सुरक्षा चाहिँदैन, सेना र प्रहरीले नपछ्याए हुन्छ (भिडियोसहित)
नवनियुक्त चार मन्त्रीहरूले लिए शपथ
शिक्षामन्त्री पुनद्वारा पदभार ग्रहण
सञ्चारमन्त्री खरेलद्वारा पदभार ग्रहण
शिक्षामन्त्री पुनको जवाफ : किताब बेच्दा बेच्दै मन्त्री भएँ, योजना के छन् भनेर नसोध्नू
नवनियुक्त उद्योगमन्त्री अनिलकुमार सिन्हाद्वारा पदभार ग्रहण
सञ्चारमन्त्रीको पहिलो निर्णय : अबको ५ महिनाभित्र सातै प्रदेशका राजधानी र ठूला सहरमा फ्री वाइफाइ
कृषिमन्त्री परियारद्वारा पदभार ग्रहण
देउवाको घरमा ‘जलेका नोट’ भेटिएकोबारे कांग्रेस बैठकमै उठ्यो प्रश्न
तलेजुलाई दसैँघर भित्र्याएर भक्तपुरमा दसैँ सुरु, सङ्गमेश्वरमा सामूहिक जमरा
भक्तपुरको तलेजु भवानीलाई मूलघर भित्र्याएर दसैँ भित्र्याएको छ । तलेजु मन्दिरबाट आज शुभसाइतमा तलेजु भवानीलाई मूलघरबाट दसैँघरमा भित्र्याएर दसैँ सुरु गरिएको तलेजुका मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए ।
घटस्थापनादेखि विजयादशमीका दिनसम्म तलेजुलाई दसैँघरमा राखेर पूजा गर्ने परम्परा रहेको उनले जानकारी दिए । सप्तमीदेखि महानवमीसम्म तलेजुमा ५४ वटा बोका, ३२ वटा राँगा र २४ वटा हाँस बलि दिने परम्परा छ । जात्राका अवसरमा तलेजुमा मूल पुरोहितले मांसाहुती होम सम्पन्न गरेपछि तलेजुमा बलि दिने परम्परा छ ।

त्यसैगरी घरघरमा जमरा नराख्नेहरूका लागि भन्दै मध्यपुरथिमि नगरपालिका–५ राधेराधे सङ्गम कोलोनीवासीका लागि आज सामूहिक जमरा राखिएको छ । सङ्गम कोलोनीस्थित सङ्गमेश्वर महादेव मन्दिरमा स्थानीयवासीका लागि घटस्थापना गरी सामूहिक जमरा राखिएको सङ्गमेश्वर महादेव मन्दिर विकास समितिका अध्यक्ष मोहनवरसिंह प्रधानले जानकारी दिए ।
दसैँ सुरु भएसँगै देशभरका शक्तिपिठमा भक्तजनको घुइँचो
दसैँ मनाउन राजधानीबाट पाँच दिनमा एक लाख ८९ हजार यात्रु बाहिरिए
नवरात्रको पहिलो दिन गरियो शैलपुत्री देवीको पूजाआराधना
गोरखा दरबारको दशैँघरमा जमरा राखियो
काठमाडौंका शक्तिपीठमा दर्शनार्थीको भीड
ब्रम्हायणी मेलासँगै भक्तपुरको शक्तिपिठमा भक्तजनको घुइँचो
दशैँ सुरु भएसँगै काठमाडौं छाड्नेको भीड (तस्बिरहरू)
हनुमानढोकास्थित दशैं घरमा राखियो जमरा (तस्बिरहरू)
गोरखा दरबारको दशैँघरमा जमरा राखियो
काठमाडौंका शक्तिपीठमा दर्शनार्थीको भीड
ब्रम्हायणी मेलासँगै भक्तपुरको शक्तिपिठमा भक्तजनको घुइँचो
दुई महिनापछि खुल्यो अरनिको राजमार्ग, आउन थाले तातोपानी नाकामा रोकिएका कन्टेनर
निरन्तर झरिरहेको पहिरोले अवरुद्ध चीन जोड्ने तातोपानी नाकासम्मको अरनिको राजमार्ग सञ्चालनमा आएको छ । भोटेकोशी गाउँपालिका–२ स्थित कोदारी बजारनजिकै पर्ने इकुसहित चार ठाउँमा खसेको पहिरो पन्छाएसँगै राजमार्ग सुचारू भएको हो ।
यससँगै दशैँ-तिहारका लागि चीनबाट आउने सामान धेरथोर मात्रामा भए पनि काठमाडौँ भित्रिने आशा बढेको छ। उता रसुवागढी नाकास्थित ल्हेन्दे खोलाले बगाएको पुलमा अझै पनि बेलिब्रिज राख्न सकिएको छैन ।

त्यहीकारण मुस्ताङको कोरला नाका पनि खोलिएको अवस्थामा तातोपानीबाट पनि सामान बोकेका कन्टेनर काठमाडौँतर्फ आउन थालेका छन् । सोमबार करिब ५ बजे एकतर्फी रुपमा राजमार्ग सञ्चालनमा आएपछि ८-१० वटा सवारिसाधन तातोपानी नाकाबाट नेपाल भित्रिएका छन् ।
१५ सय बढी कन्टेनर अझै चीनतर्फ अड्किएका छन् । गत साउन ७ गते बिहान सडक माथिबाट ठूलो पहिरो खसेदेखि अरनिको राजमार्ग सञ्चालन हुन सकेको छैन ।
हिलो छिचोल्दै अरनिको राजमार्ग निरीक्षणमा पुगे कुलमान (तस्बिरहरू)
असोजको अन्तिम साता मात्रै काठमाडौंमा मेलम्चीको पानी आउने
स्याउ उत्पादक किसानलाई सडक बाधक
देशभर छ राजमार्ग पूर्णरुपमा अवरुद्ध, अरनिको राजमार्ग साँझसम्म खुल्ने
केशरमहलमा फर्कियो शिक्षा मन्त्रालय (तस्बिरहरू)
मुग्लिन-नारायणगढ सडक एकतर्फी सञ्चालन
पहिरोले छ घर भत्किए, दश घर उच्च जोखिममा
नेपाल रेल्वे कम्पनीले मालवाहक रेल सञ्चालन गर्ने
नेपाल रेल्वे कम्पनीले आफ्नो कम्पनीलाई व्यावसायिक तथा नाफामूलक बनाउन कार्गो रेल्वे सेवा सञ्चालनको प्रक्रिया अगाडि बढाएको छ । भारतको जयनगरदेखि जनकपुरधाम हुँदै महोत्तरीको बिजलपुरासम्म सञ्चालनमा रहेको ६५ किलोमिटर लामो ब्रोडगेज यात्रुवाहक रेल्वेसँगै कार्गो सेवा सञ्चालन गर्ने तयारी भइरहेको कम्पनीले जनाएको हो।

भारत सरकारको रु १० अर्ब लागतमा मर्मत तथा निर्माण भइ हाल जयनगरवाट जनकपुरहुँदै महोत्तरीको बिजलपुरासम्म यात्रुवाहक रेल्वे सेवा सञ्चालन भइरहेको छ। नेपाल सरकारले भारत सरकारसँग खरिद गरेको दुईवटा इन्जिनसहितको चार(चार वटा वोगीमार्फत यस क्षेत्रका जनतालाई नियमित सेवा प्रदान गर्दै आएको छ ।
यात्री ओसारपसार गरेर रेल्वे सेवालाई व्यावसायिक बनाउन तथा नाफामा लैजाने अवस्था नभएकाले सो कम्पनीले पटक–पटक नेपाल सरकारलाई ध्यान आकर्षण गराउँदै आएको छ । कार्गो रेल्वे सेवा निकट भविष्यमा सञ्चालनमा आउने कम्पनीका महाप्रबन्धक निरञ्जन झाले विश्वास व्यक्त गरे ।
अख्तियारमा ३७ हजार २६ उजुरी दर्ता, छ अर्ब बढीको बिगो माग दाबी
डुङ्गेश्वर गाउँपालिकाका लेखा प्रमुख एक लाख घुससहित पक्राउ
दसैँ अवधिमा जिल्ला अदालत खुला रहने
दसैँको समयमा राउटेले पाएनन् सामाजिक सुरक्षा भत्ता
चार महिनापछि रारा विमानस्थलमा उडान
सीमा क्षेत्रमा सशस्त्रकै कर्मचारीको बदमासीले हैरान हलचोक, हटलाइन नम्बरमा माग्न थाल्यो सूचना
नेतान्याहुको चेतावनी – कुनै हालतमा प्यालेस्टिनी राज्य हुनेछैन
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बेलायत, क्यानाडा र अस्ट्रेलियाले प्यालेस्टाइनलाई मान्यता दिएको कदमको कडा विरोध गर्दै जोर्डन नदीको पश्चिममा कुनै पनि हालतमा प्यालेस्टिनी राज्य नहुने स्पष्ट चेतावनी दिएका छन् । अमेरिका भ्रमणपछि औपचारिक जवाफ दिने घोषणा गर्दै नेतान्याहुले भने, ‘त्यहाँ प्यालेस्टिनी राज्य हुनेछैन । हाम्रो भूमिको मुटुमा आतंकवादी राज्य निर्माण गर्ने प्रयास अस्वीकार्य छ ।’

प्यालेस्टाइनलाई मान्यता दिँदै यी मुलुकहरूले आतंकवादलाई ‘ठूलो पुरस्कार’ दिएको उनले आरोप लगाए।
‘अक्टोबर ७ को नरसंहारपछि प्यालेस्टिनी राज्यलाई मान्यता दिने नेताहरूलाई मेरो सन्देश छ – तपाईंहरूले आतंकवादलाई पुरस्कार दिइरहेका छन् । तर यो कहिल्यै सफल हुने छैन’, उनले भने।
रोबोटिक गाडीमा फर्किँदै युक्रेनी सेना
प्यालेस्टिनी राज्य वार्ताबाट मात्र सम्भव : जर्मनी
गाजाको पीडामा अन्तर्राष्ट्रिय ऐक्यबद्धता : प्यालेस्टाइनलाई मान्यता दिने तयारी
फिलिपिन्स–ताइवानमा रागासा सुपर टाइफुन : निकासी, विद्यालय–कार्यालय बन्द
किमको प्रस्ताव : ट्रम्पसँगका ‘मनपर्ने सम्झना’, आणविक हतियारसहित अमेरिकी वार्तामा खुला
प्रतिक्रिया