दसैँ अवधिमा जिल्ला अदालत खुला रहने « Khabarhub

दसैँ अवधिमा जिल्ला अदालत खुला रहने


६ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

भद्रपुर– झापा जिल्ला अदालतमा यसवर्षको दसैँ बिदामा समेत बन्दीप्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ हुने भएको छ ।

अदालतका स्रेस्तेदार उपसचिव डिल्लीराम प्रसाईँका अनुसार विजयादशमी, कोजाग्रत पूर्णिमा र शनिबारबाहेकका दिन बिहान ११ः०० बजेदेखि अपराह्न ३ः०० बजेसम्म अदालत खुला रहनेछ । 

न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम बन्दीप्रत्यक्षीकरणसम्बन्धी निवेदन लिई सुनुवाइ गर्न अदालत खुला रहने उनले बताए।

अन्य सरकारी कार्यालयले दसैँको अवसरमा सामान्यतया ६ दिन बिदा दिने गरे पनि देशभरका अदालतले भने घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म १५ दिन सार्वजनिक बिदा दिने परम्परा छ । 

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार  ४ : २८ बजे

२ सय बढी कम्पनीको घट्यो सेयर मूल्य

काठमाडौं– साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा भएको सेयर

समुद्रले निल्दै नाइजेरियाली बस्ती

आयटोरो (नाइजेरिया)- दक्षिणी नाइजेरियाको आयटोरोमा समुद्रको सतह बढ्दै गएपछि तटीय

आगामी वर्षदेखि विद्युत वितरण प्रणालीको आधुनिकीकरणलाई प्राथमिकता दिन्छौँ : ऊर्जामन्त्री

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले आगामी वर्षदेखि विद्युत वितरण

साउन महिनाको दोस्रो पाक्षिक करदाता प्रोत्साहन पुरस्कार घोषणा हुँदै

काठमाडौं- करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार आज

संवादबाटै शैक्षिक समस्याको दिगो समाधान खोज्दैछौँ : शिक्षामन्त्री पोखरेल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले संवाद र सरोकारवालाको सुझावका