सात थान पेस्तोल, छ वटा म्याग्जिन र गोलीसहित दुई पक्राउ « Khabarhub

सात थान पेस्तोल, छ वटा म्याग्जिन र गोलीसहित दुई पक्राउ


६ आश्विन २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


774
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरीले काठमाडौँ महानगरपालिका–१६ खरिबोटस्थित कार वास सेन्टरको पार्किङ स्थलबाट सात थान पेस्तोल, छ थान म्याग्जिन र ३३ राउण्ड एसएलआरको गोलीसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उदयपुर गढी गाउँपालिका–८ घर भई हाल तारकेश्वर नगरपालिका–५ लोलाङ बस्ने ३० वर्षीय हिराबहादुर मगर तथा रामेछाप मन्थली नगरपालिका घर भई हाल काठमाडौँ महानगरपालिका–१६ बोहरेटार बस्ने २८ वर्षीय लक्ष्मण श्रेष्ठ रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक पूर्णिमा चन्दले राससलाई जानकारी दिए ।

उनले भने, “हिराबहादुरले पार्किङ गरी राखेको बा प्र ०१–००२ प ६४४९ नम्बरको ट्याक्सीमा विभिन्न हातहियार रहेको भन्ने सूचनाका आधारमा काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानी पोखरी र प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले ट्याक्सीमा तलासी गर्दा डिक्की भित्र लुकाइ राखिएको अवस्थामा उक्त हातहतियार फेला पारी दुई जनालाई पक्राउ गरिएको हो ।”

हिराबहादुर मगरलाई हिजो र लक्ष्मण श्रेष्ठलाई आज पक्राउ गरिएको र उनीहरुको साथबाट प्रहरीले पेस्तोल सात थान, म्याग्जिन ६ थान, एसएलआर राईफलमा प्रयोग हुने गोली ३३ राउण्ड, ‘वाकीटकी ह्याण्ड सेट’को ब्याट्री एक थानलगायतका सामान बरामद गरिएको प्रवक्ता चन्दले बताए ।

फेला परेको उक्त हतियारका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार  ९ : ०१ बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र